काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी(सिएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न आयोजना सञ्चालनमा रहेका छन् । कम्पनीले गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा ‘एटीन फर एटीन’ अर्थात् १८औँ वर्षका लागि १८ वटा सामाजिक पहलका लागि आवेदन खुला गरेको थियो । सोही पहलअन्तर्गत विभिन्न क्षेत्रमा विकास कार्य सातै प्रदेशमा कार्यान्वयन भइरहेका हुन् ।
देशव्यापी रूपमा समुदायस्तरमा आवश्यक रहेको विकास कार्यका लागि आहृवान गरिएको आवदेन प्रस्तावमा एनसेलले सातै प्रदेशबाट एक सय ६५ बढी प्रस्ताव प्राप्त गरेको थियो । तीन प्रस्ताव मूल्यांकन र छनोट सिएसआरका लागि विभिन्न प्राथमिकता क्षेत्रमा १८ विकास कार्य छनोट कार्यान्वयनमा ल्याइएका हुन् । छनोटका परियोजनामा बागमती प्रदेशका लागि प्लास्टिक वेस्ट म्यानेजमेन्ट, डिजिटल साक्षरता कार्यक्रम तथा म्युजियमको माध्यमबाट नेपालको कला तथा संस्कृतिको प्रवद्र्घन तथा शिक्षासम्बन्धी कार्यक्रम रहेको छ भने गण्डकी प्रदेशमा शिक्षा क्षेत्रअन्तर्गत विभिन्न कारण विद्यालय जान छाडेका तथा विद्यालयबाट बाहिर रहेका बालबालिकालाई पुनः विद्यालय पठाउन स्कुल फर आउट अफ स्कुल चिल्ड्रेन, हुप्सेकोटमा स्वास्थ्यसम्बन्धी न्युट्रिसन, वाससम्बन्धी कार्यक्रम तथा वातावरण संरक्षण तथा प्रवद्र्घनका लागि ग्रीन बक्स कार्यक्रम रहेका छन् ।
त्यस्तै कोशीमा छ हजार महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा नेपालमा पर्वतारोहणका लागि आउने पर्यटकको सुरक्षाका लागि जनचेतना कार्यक्रम रहेका छन् भने लुम्बिनीका विभिन्न ठाउँमा हेल्थ क्याम्प र विभिन्न सामुदायिक विद्यालयमा ग्रिन स्कुलको अवधारणा विकासका लागि परियोजना सञ्चालन भइरहेका छन् । मधेशमा युवाहरूको क्षमता विकास तथा जीविकोपार्जनका लागि सीप विकासका कार्यक्रम तथा विद्यालयमा शिक्षा सामग्री तथा शैक्षिक विकासका कार्यक्रम रहेका छन् भने सुदूरपश्चिममा पाँच मोडल स्कुलमा स्टेम एजुकेसन, बैतडीका ५६ स्कुलका शिक्षकका तालिम तथा विकासका आयोजना रहेका छन् । नवीकरणीय ऊर्जा प्रवद्र्घनसम्बन्धी परियोजना पनि सञ्चालनमा रहेका छन् ।
कर्णालीमा वाससम्बन्धी व्यापक कार्यक्रम तथा फोहोरमैला वर्गीकरण तथा फोहोरबाट कम्पोस्ट मल उत्पादन कार्यक्रम रहेका छन् । आयोजनाको अवधारणा, आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजना थप विस्तार गर्न सकिने सम्भावना, प्रस्तावित परियोजना कार्यान्वयन क्षेत्र, प्रस्ताव पेश गर्ने संस्थाको अनुभवलगायतका आधारमा सामाजिक कार्य छानिएका थिए । सामाजिक कार्यका लागि एनसेलका प्राथमिकता क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, वातावरणसहित जीविकोपार्जन सहयोग, नवीकरणीय ऊर्जा र कला तथा संस्कृतिसँग सम्बन्धित परियोजना कार्यान्वयन लगिएका छन् ।
कम्पनीकी कर्पोरेट कम्युनिकेसन एण्ड सिएसआर हेड विशाखा लक्ष्मी खड्काले भन्नुभयो, ‘यो कार्यक्रमअन्तर्गत हामी कर्णालीको चन्दननाथ नगरपालिकामा २२ हजार लाभग्राही रहने स्वास्थ्यसम्बन्धी परियोजना गर्दैछौँ । सुदूरपश्चिममा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा स्टेम एजुकेसन प्रवद्र्धनको काम हुन्छ । त्यसैगरी मधेशमा १८ देखि २५ वर्षका युवा लक्षित स्किल क्याप गर्दैछौँ भने कोशीमा पाठेघरको क्यान्सरसम्बन्धी जनचेतना फैलाउने परियोजना गर्दैछौँ । ‘एटीन फर एटीन’ कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्न प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । कम्पनीले शिक्षा, वातावरण, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दुई अर्बभन्दा बढी योगदान गरिसकेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा