
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय वनस्थली आज बसेको बैठकले साधारण सदस्यबाट पनि निष्कासन गर्नुअघि एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यसअघि पनि ‘तपाईंलाई साधारण सदस्यबाट पनि निलम्बन किन नगर्ने ?’ भनेर रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै प्रश्न उठाउनु भएको थियो ।
ढकालले सभापति लामिछानेलाई आफ्नो नैतिक धरातल पुष्टी गर्न चुनौतीसमेत दिनुभएको थियो ।
सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्तबुझ्दो जवाफ नदिएको भन्दै बुधबारको केन्द्रीय समिति बैठकले ठहर गरेको छ ।
२५ असारमा रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य पदबाट हटाएको थियो ।
साथै रास्वपाले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ।
केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।
सरकारले रिक्त स्थानीय तहमा निर्वाचन गर्ने तयारी गरेको छ । हालै निर्वाचन आयोगले मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच