काठमाडौं । डाबर गुलावरी तीज फेविटभलको २१औं संस्करण हुने भएको छ । हरितालिका तीजका अवसरमा काठमाडौंमा २१औं डाबर गुलावरी तीज फेष्टिभल आयोजना हुने भएको हो ।
महिला सिर्जनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा.लि.(इभेन्ट संसार) को व्यवस्थापनमा यही भदौ ७ गतेदेखि ९ गतेसम्म ‘२१औं डाबर गुलावरी तीज फेष्टिभल-सिर्जनशील उद्यमी मेला-२०८१’ हुन लागेको हो ।
सिर्जनशील महिला दिदीबहिनीलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्न यो मेला आयोजना गरिएको आयोजकको भनाइ छ । ‘महिला दिदीबहिनीहरूलाई आर्थिक रूपमा सवल बनाई प्रविधिमैत्री वातावरण सिर्जना गरी एक सफल उद्यमी बनाउने लक्ष्यका साथ यो मेला आयोजना हुँदै आएको छ’, महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले भन्नुभयो ।
मेलामा घरेलु तथा हस्तकलाका सामग्रीहरू, महिला उद्यमशीलताका वस्तु तथा सेवा, तीज विशेष खानाका परिकार, निःशुल्क स्वास्थ्य शिविर, मेहन्दी आर्ट तथा हात खाली नजाने विशेष उपहार राखिएको मेला व्यवस्थापक पशुपति केसीले जानकारी गराउनुभयो । यो मेलामा ७० वटा भन्दा बढी स्टल रहने र त्यसमा सातवटा स्टल असहाय, अशक्त, अपांग र पिछडिएको ग्रामीण क्षेत्रका दिदीबहिनीका लागि निःशुल्क उपलब्ध गराइएको पनि उहाँले जानकारी गराउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा