✍️ डा. माधव अधिकारी
नेपाल र नेपालीको विकासको लागि आधारभूत शिक्षादेखि उच्च शिक्षा व्यावहारिक, निःस्वार्थ, मित्रतापूर्ण र राष्ट्रिय हितका लागि हुनुपर्दछ । शान्तिका लागि आफ्नो परिवार, समुदाय, समाज, संस्कृति, मानव अधिकार आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संघर्ष तथा द्वन्द्वले शान्ति कहिल्यै आउँदैन, अतः सदैव बन्धुत्वको भावनाको विकास गरी शान्ति शिक्षाको संचार गर्नु आजको आवश्यकता हो । प्रत्येक देशमा सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासको सुनिश्चित गर्ने मार्गमा सबै समुदाय, वर्ग एवं धर्मको संयुक्त रूपले मित्रतापूर्ण, शान्ति संस्कृतिको विकास गर्न नितान्त आवश्यक भएको छ ।
आज सम्पूर्ण विश्व नै विभिन्न वहानामा अशान्तिको छाल मडारिएको सन्दर्भमा सबैमा मित्रतापूर्ण शान्तिमय संस्कृतिको विकास गर्नु नै आजको आवश्यकता हो । शान्तिको प्रवद्र्धक गौतम वुद्ध हुन । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । यी राजकुमार थिए । अन्त्यन्त मर्यादित र अनुशासित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा विवाह गरेका थिए । सम्पूर्ण जीवन जगत र प्राणीलाई अघाग स्नेह जनाउने बानी भएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा राजदरबारको संपूर्ण सुख सयल छाडेर ज्ञानको खोजिमा निस्के । यसै क्रममा विभिन्न लामो तपस्यामा तल्लिन भए ।
मञ्जुश्रीले आफना् अनुयायीका लागि बनाएको सहर नै काठमाडौँ उपत्यका भएको पाइन्छ । यसरी स्वयम्भू चैत्यलाई केन्द्रमा राखेर सुरु भएको बागमती सभ्यताको सुरुवाती दिनमा मञ्जुश्रीले सुरु गर्नुभएको चैत्य सेवाको चलन नै पछि गुँला पूर्वको रूपमा स्थापित भएको भनाई छ ।
सिद्धार्थ गौतमलाई संसारिक विभिन्न घटनाबाट प्रभावित भई मानव जीवनमा आईपर्ने पीडा र दुःख निवारण गर्ने ज्ञानको खोजी गर्नु मुख्य उद्देश्य थियो । सोको लागि वर्षाै पछिको तपस्याले निकालेको दर्शन र ज्ञानमै बुद्धत्व प्राप्त गरे । संसारभरि फैलिएको यस बुद्धत्वको उद्गम बिन्दु नेपाल भएकोले नेपाललाई शान्तिको देश पनि भनिन्छ । बुद्धले ८० वर्षको उमेरमा निर्वाणा प्राप्त गरेका थिए । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य (समुत्पाद) हो । आधारभूत गुणरु अनित्य, दुःख र अनात्मालाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीले भगवान् विष्णुको १० अवतारमध्ये एक अवतार मान्दछन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ ।
बुद्धले नेपालमा जन्मेर विभिन्न त्याग तपस्या गरेर सम्पूर्ण जगतलाई भलो हुने काम गरेका थिए । बुद्ध शान्तिको अग्रदुत हुन् । यसै सिलसिलामा श्रावण २१ देखि आरम्भ भएको गुँला पर्वलाई यहाँ संक्षेपमा चर्चा गर्नु सान्दर्भिक होला । यस पर्वको चर्चा गर्दा स्वयम्भू महापुराणलाई यहाँ जोड्ने प्रयास गरिएको छ । सो अनुसार मञ्जुश्रीले आफना् अनुयायीका लागि बनाएको सहर नै काठमाडौँ उपत्यका भएको पाइन्छ । यसरी स्वयम्भू चैत्यलाई केन्द्रमा राखेर सुरु भएको बागमती सभ्यताको सुरुवाती दिनमा मञ्जुश्रीले सुरु गर्नुभएको चैत्य सेवाको चलन नै पछि गुँला पूर्वको रूपमा स्थापित भएको भनाइ छ ।
नेपाल संवत अनुसार गुँला एक महत्वपूर्ण महिना हो । स्थानीय नेवार वा नेपाल भाषामा गुँ को अर्थ नवौ र ला को अर्थ महिना हो । विक्रम संवत अनुसार श्रावण शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल पक्ष प्रतिपदा सम्म एक महिनाको अवधि नै गुँला पर्व हो । यस महिनामा विशेषगरी नेवार समुदायले यो पर्व मनाउँने चलन छ । नेवाः समुदायमा बौद्धमार्गी परिवारमा यो पर्व अझ हर्ष उल्लासका साथ आत्मिक चिन्तनका साथ मनाइन्छ । यसै सिलसिलामा बुद्ध र उनका अनुयायीहरू दिव्य प्रवचन तथा ज्ञानको प्रचारमा जाँदा, बर्खाको समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको संगम पनि भनिन्छ । विशेषगरी यो समुदायले मनाउने यो पर्वमा विहान स्वयम्भू भगवानको दर्शन गर्न जाने पवित्र धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ ।
साथै मध्यपुर ठिमीमा पनि न्याकुबाजा नामक अर्नाको सिङको बाजा र चीत बाजा नामक भेडाको सिङको बाजा बजाइन्छ । यस पर्व काठमाडौँ बाहिर पनि विभिन्न तरिकाले मनाइन्छ । जस्तै : दोलखामा भने हिले जात्रा नाम गरी कृष्ण जन्माष्टमीसम्म मनाइन्छ । माथि उल्लेखित दिनमा काठमाडौं उपत्यका तथा अन्य स्थानमा समेत चोक चौरहरूमा विशेष गुँला संगितको श्रवण गर्न सकिन्छ, गुम्बा, मन्दिर आत्मिकस्थलमा भक्तजनहरू आउने क्रम धेरै हुन्छ । बहीद्यः स्वःवनेगु नेवाः संस्कृतिको मुख्य भाग हो जहाँ अघि–अघि बाजा अनि संगीतपछि भक्तजन हुन्छन् । यो समुदायमा धार्मिक झाँकीहरू प्रशस्त प्रदर्शन गरिन्छ ।
साथै कालो माटोलाई प्रयोग गरी सानासाना स्तूपा बनाउने धार्मिक तथा सांस्कृतिक प्रचलन छ । काठमाडौं, ललितपुरमा बुद्धलगायत अन्य साधुसन्तको प्रतिमा भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहर घुमाउने चलन छ । यो एउटा धर्म संस्कृतिको वकालत गर्ने प्रत्यक्ष दर्शन हो । जहाँ दान अनि शान्तिसमेत आत्मीय चिन्तनलाई बढी महत्व दिइन्छ । यसै शिलशिलामा महान् दार्शनिक मार्टिन लुथरको भनाइअनुसार ‘शान्ति केवल युद्धबाट आउने होइन, आपसी मेलमिलाप र शान्तिबाट नै आउँछ’ आजको सन्दर्भमा माथि उल्लेखित वाक्याशंहरू धेरै महत्वपूर्ण छन् । विश्वयुद्ध, अन्याय एवं आपसी वैमन्यस्ताको कारण शान्ति भंग भई शान्तिको ज्योति टाढा भएकाले हामी सबै मिली शान्ति संस्कृतिको विकासबाट नै शान्ति ल्याउनु आवश्यक छ ।
देश राजनीति वितण्डाबाट आज नयाँ अवस्थामा छ । यस अवस्थामा देश भएको बखत साधारण जनताहरू शिक्षाविद्, विद्यार्थी, शिक्षक, गैरसरकारी संस्था, सरकार, सबै राजनितिक पार्टी सबैले देशलाई मेलमिलापपूर्ण सकारात्मक सहयोग गर्नुपर्दछ । व्यवहारिक शान्ति शिक्षाको पूर्ण विकासको लागि शान्तिमय मित्रताको आवश्यकता हुन्छ ।
शान्ति संस्कृतिको विकासबाट मानव मूल्य मान्यताको विकास सम्भव छ । शान्ति विकासको लागि विद्यालय तहको पाठ्यक्रममा नै शान्ति शिक्षाका राख्नु पर्ने आजको आवश्यकता हो । शिक्षण पद्दतिको माध्यमबाट शिक्षकद्वारा सदैव उच्च नैतिकतासाथ शान्ति शिक्षा व्यापक बनाउन आवश्यक छ । युनेस्कोले मानव मूल्य मान्यता र शान्तिबारे यसरी आफ्नो भाव व्यक्त गरेको छ, ‘उचित आचरण शान्ति प्रेम र अहिंसा सबैमा सार्वभौमिक मूल्य छ शान्तिका लागि’, जुन शान्ति आधारित शिक्षाको कार्यक्रमको निर्माण सबैले गुर्नपर्छ ।
शान्तिको लागि मुख्य तीन प्रकारको आयाममा विशेष ख्याल राख्नुपर्दछ ः सार्वभौमिक शान्ति, सामाजिक शान्ति, प्राकृतिक शान्ति । आज हाम्रो देश नेपालमा पनि शान्ति शिक्षासम्बन्धी पाठ्यक्रम राख्ने वहस नचलेको भने होइन, यो बहस वहसमा मात्र सीमित भएको छ । शान्ति शिक्षाको लागि निम्न उद्देश्य राखी विद्यालयका विद्यार्थीहरूलाई शान्तिको मार्ग दिनसक्ने सशक्त पाठ्यक्रम बनाउन आवश्यक छ । शान्ति संस्कृति स्थापना गर्न अध्यापक अर्थात गुरुहरूले पनि सो सम्बन्धी विभिन्न कार्य गर्न पर्ने समय आएको छ । सोका लागि मेलमिलाप, विविध छलफल एवं कार्यशाला आयोजना गरी विस्तृत पाठ्यक्रम बनाई शान्ति स्थापना गर्न सहयोग गर्ने, व्यावहारिक तरिकाबाट शान्ति सम्बन्धी कार्य एवं प्रशिक्षण दिने, पाठ्यक्रम निर्माण, विशिष्ट स्थानीयसहित विकास मापन गर्ने मानवीकृत मूल्यांकन प्रक्रियाको निर्माण तथा उपयोग गर्नुपर्दछ । शान्ति शिक्षा व्यक्तित्व तथा चरित्र निर्माणको लागि पाठ्यक्रम हुन आवश्यक छ ।
शान्ति स्थापना शिक्षा उत्पादनको लागि जिम्मेवार एवं संवेदनशील नागरिकको भूमिकामा जोड दिनु आवश्यक छ । शान्ति शिक्षाको कार्यक्रमका लागि विभिन्न पाँच स्तरको एकीकृत पाठ्यक्रम शान्ति शिक्षा दिन सक्ने क्षमतावान शिक्षाको विकास गर्नु आजको आवश्यकता हो । यो निम्न प्रकारको हुन सक्छ ः शान्ति शिक्षाको सिद्धान्तबारे उचित पाठ्यक्रम बनाउनु पर्ने, सबै सैद्धान्तिक पाठ्यक्रम एवं शिक्षण पद्दतिको सम्बन्धित पाठ्यक्रममा नै शान्ति शिक्षाको बारे एकीकृत तरिकाबाट ज्ञान दिने, शान्ति शिक्षा अध्यापन अभ्यास तथा अन्य विद्यालय अनुभव आदानप्रदानमा ध्यान दिने, सांस्कृति साहित्यिक तथा अन्य पाठ्य सहभागी कार्यक्रमको सहयोगको माध्यममा मेलमिलापपूर्ण शान्ति शिक्षाको विशिष्ट गतिविधि अयोजना गर्ने, शिक्षक, शिक्षण संस्था तथा सबै समुदायमा शान्ति शिक्षाको सन्देश प्रसारित गर्नु पर्दछ ।
मेलमिलापपूर्ण शान्ति शिक्षाको माध्यमबाट व्यावहारिक शिक्षाका लागि सरकार, शिक्षाविद्, शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक पार्टी आदि लाग्नुपर्ने देखिन्छ । निजी विद्यालयहरूमा तिर्नुपर्ने शुल्कले आमअभिभावकहरू आर्थिक मारको चक्रव्यूहमा परेपनि सो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्छ पनि लालाहित छन्् भने सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति कम छ । सरकारको अर्बाैं बजेट लगानी भएको छ । अतः स्वच्छ प्रतिस्पर्धाबाट शिक्षा जस्तो गरिमामयको उचित व्यवस्थापन गरी आवश्यकता अनुसार व्यावहारिक तथ गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने समय हो ।
देश राजनीति वितण्डाबाट आज नयाँ अवस्थामा छ । यस अवस्थामा देश भएको बखत साधारण जनताहरू शिक्षाविद्, विद्यार्थी, शिक्षक, गैरसरकारी संस्था, सरकार, सबै राजनितिक पार्टी सबैले देशलाई मेलमिलापपूर्ण सकारात्मक सहयोग गर्नुपर्दछ । व्यवहारिक शान्ति शिक्षाको पूर्ण विकासको लागि शान्तिमय मित्रताको आवश्यकता हुन्छ । यसका लागि कृष्ण र सुधामाको जस्तै मित्रताको आवश्यकता पर्दछ ।
यसबारे स्वरसम्राट नारायण गोपालको ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको निःस्वार्थ साथले कति फरक पर्दछ जिन्दगिमा’, त्यस्तै मदर टेरेसाको शब्दमा ‘आफ्ना मित्रलाई सिद्ध हुने भनेर आशा नराख बरू आफ्ना मित्रका कमि कमजोरीलाई हटाएर अशल मित्र बन’, ज्येष्ठ नागरिक, तरुना, बच्चा सबै उमेर समूहसँग मित्रता हुन सक्छ । मित्रता उमेर र वर्गभन्दा धेरै माथि छ । मित्रता भनेको हृदयको ऐना हो यो सँबैको स्वच्छ र खुला हुनुपर्दछ । यसबाट नै शान्तिमय विकास हुन्छ । तवमात्र हरेक वर्ष महिना दिन भरि मनाईने गुँला पर्वले सार्थकता पाउने छ । (लेखक अधिकारी नेपालमा गुणस्तरीय जीवनको निम्ति स्वास्थ्य, जनसंख्या, एवं वातावरण शिक्षामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको भूमिका विषयमा विद्यावारिधि हुनुहुन्छ ।)

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा