
✍️ तोयराज नेपाल
श्रावणशुक्ल पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा भनिन्छ । यसदिन जनै लगाउने जति सबैले नित्यकर्म गरेपछि गुरु शिष्य सबै मिलेर नदी जलाशयमा गएर संकल्पपूर्वक श्रावणी स्नान गर्नुपर्छ । धेरै जना मिलेर गरिने स्नान भएको हुँदा यसलाई गणस्नान पनि भनिन्छ । तर, ‘सङ्क्रान्तौ ग्रहणे चैव सूतके मृतके क् पि वा ।
गणस्नानं न कुर्वीत नारदस्य वचो यथा ।’ अर्थात् संक्रान्ति, ग्रहण, जुठोसूतकमा यो स्नान गर्न निषेध छ । यसमा दश किसिमको स्नान गर्नुपर्दछ । जो यस प्रकार छन् । भष्म, गोमय, मृद्, वारि, गोमूत्रं गोमयं पयः । दध्याज्यं दर्भ इत्येते विहिताः क्रमशो दश ।
दध्याज्यं दर्भ, मन्त्राश्च विहिताः क्रमशो दश ।। इति पाठन्तरम् ।
१, भष्मस्नान २, गोमयस्नान ३, मृत्तिकास्नान ४, जल ५, गोमूत्र ६, गाईको दूध ७, दही ८, आज्यम् ९, कुश र १०, मन्त्रसमेत प्रयोग गरी दश किसिमका स्नान हुन्छन् । स्नानपछि भष्म, चन्दन आदि धारण गरेर स्नानांग तर्पण गर्नुपर्छ । अनि सूर्योपस्थान, सन्ध्यावन्दनादि सकेर उपाकर्म गर्नुपर्छ ।
श्रावण्यां प्रौष्ठपद्यां वा क्प्युपाकर्म यथाविधि ।
युक्तश्छन्दांस्यधीयीत मासान् विप्रोक्र्धपञ्चमा ।
सम्प्राप्ते श्रावणस्यान्ते पौर्णमास्यां दिनोदये ।
स्नानं कुर्वीत मतिमान् श्रुतिस्मृतिविधानतः ।।
उपाकर्मादिकं प्रोक्तमृषीणाञ्चैव तर्पणम्। शूद्राणां मन्त्ररहितं स्नानं दानं च शस्यते । उपाकर्मणि कर्तव्यमृषीणाञ्चैव पूजनम् ।। भविष्यपु।
श्रावण्या प्रौष्ठपद्या वा प्रतिपत् षड्मुहूर्तकैः। विद्धा स्याच्छन्दसां तत्रोपाकर्त्सर्जनं भवेत् ।। निर्ण.सि.चूडा (२२९ अथ यजुर्वेद्युपाकर्मनिर्णयः)
पौर्णमास्याः खण्डत्वे यदा पूर्णिमा मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने षड्मुमुहूर्तव्यापिनी तदा सर्वयाजुषाणामुत्तरैव । पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तत्रयादिव्यापिनी षड्मुहूर्तन्यूना तदा तैत्तिरीयैरुत्तरा ग्राहृया, तैत्तिरीयभिन्नयाजुषैः पूर्वा ग्राहृया । (धर्मसि.सुधा.१२२०)
अथ काण्वमाध्यन्दिनोपाकर्म निर्णय : तिथेः खण्डत्वे षड्मुहूर्ताधिक्ये षड्मुहूर्तन्यूनत्वे पूर्वा ग्राहृयेत्यादिः । ध.सि.(सुधा.१२३) । दुई दिन पूर्णिमा हुँदा उदयमा ६ मुहूर्तभन्दा बढिभए त्यसैदिन गर्नुपर्दछ ६ मुहूर्तभन्दा कमी भए अघिल्ला दिन चतुर्दशीका दिन उपाकर्म गर्नुपर्दछ । उपाकर्म भनेको वेदाध्ययनको आरम्भको उत्सव हो । यो कर्म आजबाट आरम्भ गरेर साढे पाँच महिनासम्म प्रत्येक दिन आआफ्ना शाखाका वेद अध्ययन गर्दै अन्त्यमा पौष वा माघमा रोहिणी नक्षत्र परेका दिन नदीतटमा गएर विधिपूर्वक उत्सर्जन अर्थात् अध्ययन समाप्तिको उत्सव गर्नुपर्दछ ।
अर्को एक्ले जनै लिएर पहिले जस्तै गरी पहिले दाहिने हातबाट र पछि शिरबाट छिराउनुपर्दछ । अनि पुरानु यज्ञोपवीत निकालेर त्याग गर्नुपर्दछ । पुरानो जनै त्याग गर्दा यो मन्त्र पढ्नुपर्छ । एतावद्दिनपर्यन्तं ब्रहृमत्वं धारितं मया । जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। यसपछि आचमन गरेर यथाशक्ति गायत्री जप गरी जप अर्पण गर्नुपर्दछ ।
उपाकर्मका दिन अरुन्धतीसहित कश्यपादि सप्तर्षिको पूजा गर्नुपर्दछ । सप्तर्षिहरू यसप्रकार छन् १, कश्यप २, अत्रि ३, भरद्वाज ४, विश्वामित्र ५, गौतम ६, जमदग्नि ७, वसिष्ठ र ८, अरुन्धतिको पनि पूजा गर्नुपर्दछ । रुद्राभिषेक गर्नुपर्दछ । त्यसपछि ऋषिलाई तर्पण गर्नुपर्दछ । ऋषिलाई तर्पण गर्ने पर्व भएकाले यस पर्वको नाम नै ऋषितर्पणी पूर्णिमा भनिन्छ । यसैदिन यज्ञोपवीत(जनै) को संस्कार गरी यज्ञेपवीत धारण गर्नुपर्दछ । यज्ञोपवीतसंस्कारमा पहिले तन्तुदेवताको आवाहन गरी पूजा गर्नुपर्छ । तन्तुमा, १, ॐकार २, अग्नि ३, नाग ४, सोम, ५, पितृ ६, प्रजापति ७, वायु ८, यम र ९, विश्वेदेवहरू रहन्छन् । तिनको आवाहन गरी पूजा गर्नुपर्छ । त्यसपछि ग्रन्थि शिखामा १, ब्रहृमा २, विष्णु र ३, रुद्रको आवाहन र पूजा गर्नुपर्दछ । त्यसपछि ऋषिश्राद्ध गर्ने विधान छ । यो श्राद्ध नगर्दा प्रत्यवाय नलाग्ने र गर्दामा बढिफल प्राप्त हुने हुँदा गर्नेलाई फलप्राप्ति हुन्छ, नगर्नेलाई पाप लाग्दैन ।
त्यसपछि पितृलाई र ब्राहृमणलाई यज्ञोपवीत अर्पण गरी आफूले धारण गर्नुपर्छ । यज्ञोपवीत धारण गर्दा आचमन गरेर विनियोग गर्नुपर्दछ (ॐ यज्ञोपवीतमितिमन्त्रस्य परमेष्ठी ऋषिः लिंगोक्ता देवता श्रौतस्मार्तकर्मानुष्ठानसिद्ध्यर्थं नूतनयज्ञोपवीतधारणे विनियोगः। त्यसपछि यज्ञोपवीतलाई दुबैहातमा लिएर हातजोडी दशपटक गायत्रीमन्त्रले अभिमन्त्रण गर्नुपर्दछ । अनि तलको मन्त्र उच्चारण गरी यौटा एक्ले जनै लिएर दाहिने हात ठाडो पारेर पहिले हातबाट छिराएर पछिशिरबाट धारण गर्नुपर्दछ ।
मन्त्र यसप्रकार छन् ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । युष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतम्बलमस्तु तेजः।। ॐ यज्ञोपवीतमसि यज्ञस्य त्वा यज्ञोपवीतेनोपनहृयामि ।। त्यसपछि अर्को एक्ले जनै लिएर पहिले जस्तै गरी पहिले दाहिने हातबाट र पछि शिरबाट छिराउनुपर्दछ । अनि पुरानु यज्ञोपवीत निकालेर त्याग गर्नुपर्दछ । पुरानो जनै त्याग गर्दा यो मन्त्र पढ्नुपर्छ । एतावद्दिनपर्यन्तं ब्रहृमत्वं धारितं मया । जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। यसपछि आचमन गरेर यथाशक्ति गायत्री जप गरी जप अर्पण गर्नुपर्दछ । अनेन नवीनयज्ञोपतीतधारणार्थे कृतेन यथाशक्तिगायत्रीजपाख्येन कर्मणा भगवान् सूर्यनारायणः प्रीयतां न मम । ॐ तत् सत् परब्रहृमार्पणमस्तु ।
यसैदिन रक्षाबन्धनको पूजा गरेर धारण गर्नुपर्छ । यसको मन्त्र यस प्रकार छ । येन बद्धो बली राजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।। इति । बली राजामा रो रि सूत्रले दीर्घ भएको हो । यस दिन विभिन्न थरीका गेडागुडीहरू ३–४ दिनअघि नै भिजाएर उम्रेपछि क्वाँटी पकाएर यसको रस पिउँदा वर्षाकालमा लागेको चिसो जान्छ, भन्ने प्रचलन विशेषगरी नेवारजातिमा छ । ॐ हरये नमः।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच