काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले २३ बुँदे प्रगति सार्वजनिक गर्नुभएको छ । मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय यातायात नीति, २०८१ मन्त्रिपरिषद्मा पेश गरिएको, मन्त्रालयअन्तर्गतका सबै विभागको वर्तमान अवस्थाको ब्रिफिङ लिने र आवश्यक निर्देशन दिइएको, वर्षात् अवधिभर राष्ट्रिय राजमार्गमा यातायात अवरोध नहुने गरी आवश्यक व्यवस्थाका साथै अवरोध भएको खण्डमा विशेष अवस्थामा बाहेक बढीमा दुई घण्टाभित्र अवरोध हटाई सवारी सुचारु गर्ने व्यवस्था मिलाइएको लगायतका काम भएको बताउनुभएको छ । जसका लागि एक सय ३५ यान्त्रिक उपकरण विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएका र एक सय २९ यान्त्रिक उपकरण आवश्यकताअनुसार तत्काल परिचालन हुने गरी स्ट्याण्डबाई राखिएको बताइएको छ ।
त्यसैगरी वर्षात्का कारण अवरुद्ध हुने सडक यातायातको लाइभ जानकारी मन्त्रीको कार्यकक्षमै हुने गरी रोड क्लोजर अपडेट सिस्टम जडान गरिएको पनि एकमहिने प्रगति विवरणमा उल्ल्लेख छ । भौतिक पूर्वाधार मन्त्रालयको एक महिनाको वित्तीय प्रगति छ अर्ब १८ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन भएको बजेटमध्ये साउनसम्म सो रकम खर्च भई ४.११ प्रतिशत वित्तीय प्रगति हासिल भएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा