
काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटिटिएच (फाइबर टु द होम) प्रविधिमार्फत् एनटी फाइबर सेवा उपलब्ध गराएको छ । हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुुअल रूपमा उक्त सेवाको शुुभारम्भ गर्नुुभएको हो । यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको छ । सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालयसम्म दूरसञ्चार सेवा पुर्याउने कार्यका लागि नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्वपूर्ण दिन भएको भन्दै सेवा उपलब्ध गराउने कार्यमा सहयोग पुर्याउने जनप्रतिनिधि र कर्मचारी सबैलाई धन्यवाद दिनुभयो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताउनुुभयो ।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्धक मिलन श्रेष्ठ, कर्णाली प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक उमेशप्रसाद साह र दूरसञ्चार कार्यालय सुर्खेतका प्रमुख वरिष्ठ इञ्जिनियर सुष्मा गौतमले हुम्ला र समग्र कर्णाली प्रदेशमा नेपाल टेलिकमको सेवाबारेमा जानकारी प्रदान गर्नुभएको थियो । कार्यक्रममा हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा र अन्य जनप्रतिनिधिका साथै मन्त्रालय र नेपाल टेलिकमका उच्चपदस्थ अधिकृतको सहभागिता थियो । कम्पनीका अनुसार हाल हुम्लामा उपलब्ध गराइएको एनटी फाइबर सेवामार्फत् साबिकमा उपलब्ध हुँदै आएको एडिएसएल सेवाको तुलनामा थप गुणस्तरीय सेवा उपलब्ध हुनेछ । आगामी दिनमा बढी क्षमताको इन्टरनेट, टेलिफोन र टेलिभिजन सुविधा उपलब्ध हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच