नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बीचमा पार्टी एकीकरणको कुरा बाहिर आएको छ । यो सत्य हो कि के हो विस्तारै खुल्दै जानेछ । जे होस् पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच छलफल भएको छ । दुबै दल केही साताअघि सरकारबाट बाहिरिए पछि छट्पटमा छन् । आफ्नो पार्टी कमजोर भएको महसुसपछि दुबै नेता पार्टी एकताका लागि हात अघि सार्दैछन् । विभाजित भएका पार्टीहरू नीति सिद्धान्त मिल्छ भने मिल्दा हुन्छ । र, पार्टी एकता गरेर जाँदा झन् राम्रो । जनताले पनि पार्टी मिलेकै हेर्न चाहन्छन् ।
दुई ठूला दल मिलेर बनेको सरकारले जनताका पक्षमा केही गर्ला भन्ने आश जनतामा अहिले पनि छैन । जनता आशावादी नहुँदासम्म देशमा केही हुँदैन । सबैभन्दा सुरुमा जनतामा आश जगाउन सक्नुपर्छ ।
राजनीति अस्थिरता हुनु भनेकै पार्टी कमजोर भएर हो । कुनै एक पार्टीको बहुमत आउने र जनमत बलियो हुने हो भने अस्थिरताको अन्त्य हुनसक्छ । गत बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पार्टी एकीकरणसहित विभिन्न विषयमा छलफल भएको कुरा बाहिर आएको थियो । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग मात्रै नभई प्रभु साह नेतृत्वको आजपा, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय नेतृत्वको नेसपासँगसमेत पार्टी एकीकरण गर्ने रणनीतिमा दाहाल छन् । माओवादी केन्द्रको स्थायी समिति बैठकमा पनि पार्टी एकीकरण, समाजवादी मोर्चाको अगामी कार्यक्रम, विपक्षी गठबन्धनलाई बलियो बनाउनेलगायत विषयमा छलफल भएको थियो ।
त्यसो भए पार्टी बलियो हुने र आफू पनि शक्तिशाली बन्ने धुनमा प्रचण्डले रणनीति बनाइरहेका छन् । प्रचण्ड नेपाली राजनीतिका यस्ता पात्र हुन् जो आफू र आफनो पार्टीलाई फाइदा हुन्छ भने जुन बेला जोसँग मिल्न तयार छन् । विगतका कुराबाट ती सबै कुरा प्रष्ट हुन्छन् । सरकारबाट बाहिरिए पछि उनी अहिले नेपाली राजनीतिमा घाइते बाघजस्तै भएका छन् । राजनीतिमा बेला बेलामा उतार चढाव आउँछन् ती सबै थेग्न र सामाना गर्न माहिर छन् । समय-समयमा चर्चामा आउने र कहिले काही गुमनाम हुने प्रचण्डको स्वभाव छ । पूर्वमाओवादीदेखि समाजवादी पार्टी समेतलाई समेटेर प्रचण्डले सिंगो कम्युनिष्ट पार्टी बनाउन सफल हुने हो भने एमाले स्वतः कमजोर हुन्छ ।
कम्युनिष्टहरू मिल्न नसक्नु नै उनीहरूको कमजोरी हो । उनीहरू मिले पनि लामो समयसम्म टिक्न सक्दैनन् । यो कुरा कम्युनिष्ट इतिहासले बताएको छ । मिलेर जाने हो भने त राम्रै हुन्थ्यो नी । किन धेरै बुकुरा बारेर बस्नु परेको हाला ? ढिलो चाडो कम्युनिष्ट नमिले सुख नै छैन । दुई ठूला राजनीतिक दल मिलेर साना दलहरूलाई चेपुवामा पारेका छन् । सरकार गठन भएको एक महिना भएको छ । हुन त सरकारलाई एक सय दिनको अवधिपछि आलोचना गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । यस समयलाई ‘हनिमुन परियड’ भन्ने गरेको पाइन्छ । बिहानको सुरुवातले दिनको संकेत गर्दछ भनेजस्तै वर्तमान सरकारसँग शेयर बजारको वृद्धिवाहेक त्यस्तो उत्साही हुनुपर्ने केही देखिएको छैन ।
वर्तमान सरकारले पनि जनताको भावना अनुसार काम गर्न सकेको छैन । जनताका समस्या हिजोभन्दा आज झन् बढेर गएका छन् । महँगीले आकाश छोएको छ । सरकार कानमा तेल राखेर बसिरहेको छ । जनजीविकाका सवालमा सरकार मौन छ । साना दलहरूले यावत् समस्यालाई उठाएर सरकारलाई अलोकप्रिय बनाउन खोजिरहेका छन् । सरकारले काम गर्न सकेन भने विरोध र खबरदारी गर्न पाइन्छ । यो सरकारलाई भ्रष्ट सरकारको ट्याग लगाएर सुरुमै बद्नाम गराउनेहरू सक्रिय छन् । चरम निराशामा रहेका जनतालाई थप उत्तेजित बनाएर आफनो दुनो सोज्याउनेको कमी छैन यहाँ । छिमेकी मुलुक बंगलादेशमा भएको विद्रोहवाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता छ । यस्तै हो भने नेपालमा पनि त्यो स्थिति नआउला भन्न सकिँदैन ।
वर्तमान सरकारले पनि जनताको भावना अनुसार काम गर्न सकेको छैन । जनताका समस्या हिजोभन्दा आज झन् बढेर गएका छन् । महँगीले आकाश छोएको छ । सरकार कानमा तेल राखेर बसिरहेको छ । जनजीविकाका सवालमा सरकार मौन छ ।
अर्का थरी समूह संघीय गणतन्त्रका कारण मुलुक बर्वाद हुँदै गएको भन्दै गणतन्त्रको विरुद्धमा जनमत तयार पार्न सक्रिय छन् । दुई ठूला दल मिलेर बनेको सरकारले जनताका पक्षमा केही गर्ला भन्ने आश जनतामा अहिले पनि छैन । जनता आशावादी नहुँदासम्म देशमा केही हुँदैन । सबैभन्दा सुरुमा जनतामा आश जगाउन सक्नुपर्छ । केही राजनीतिक दलका नेताहरू सरकारविरुद्ध छन् । सबैको चित्त एकै पटक बुझाउन पनि सकिँदैन । जनतालाई कसरी भड्काउन सकिन्छ भन्ने कुराले मात्र मुलुकलाई निकास दिँदैन ।
छिमेकी मुलुकहरू नेपालमा अस्थितरताको बीउ रोप्ने र आफ्नो फाइदा छिटो लिने दाउमा धेरै पहिलेदेखि सक्रिय छन् । नेपाली-नेपालीबीच लडाएर आफ्नो स्वार्थ पूरा गर्नेहरूसँग सचेत बन्न जरुरी छ । अहिले पनि सरकार जनताका पक्षमा देखिने खालका काम गर्न चुकेको देखिन्छ । सरकारमा बसेकाहरूले जनताका दैनिकीलाई सहज बनाउने खालको नीति र कार्यक्रम सार्वजनिक गरी अघि बढ्नुपर्ने आजको आवश्यकता हो । आज सामाजिक अभियन्ताको नाममा देशलाई कमजोर बनाउने केही व्यक्ति र समूह पनि छन् ।
सतहमा देखिएको विसंगतिलाई हटाएर अघि बढनुपर्छ । त्यसैले अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ? यो चिन्तन सबैमा हुनुपर्छ । त्यसो भयो भने मात्र मुलुक बनाउन सकिन्छ । गणतन्त्र स्थापना भएको पनि १६ वर्ष पूरा भएको छ । यो अवधिमा १३ वटा सरकारमा आठजना प्रधानमन्त्री, सयौंको संख्यामा मन्त्री र हजारौंको संख्यामा गणतन्त्रका माननीय बनिसकेका छन् । तर, पनि देश बन्न सकेन । लेखकः १५३ विश्वकीतिमानी व्यक्तित्व हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा