काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगञ्जस्थित सुर्खेत रोडमा अत्याधुनिक सेवा सुविधासहितको नयाँ भवनबाट सेवा सुरु गरेको छ । नेसनल लाइफले हालै उक्त भवन निर्माण सम्पन्न गरेको हो ।
कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले निर्माण सम्पन्न भवन उद्घाटन गर्दै कम्पनीको नवनिर्मित भवन लुम्बिनी प्रदेशकै व्यापारिक हब बन्न सहयोग पुग्ने र भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयसमेत सञ्चालन गरिने बताउनुभयो ।
वरिष्ठ अभिकर्ताहरूले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भवन निर्माणबाट सो क्षेत्रको बिमा व्यवसाय प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका थिए ।
७२ अर्बभन्दा बढी जीवन बिमाकोष रहेको देशकै ठूलो बिमा कम्पनीमध्येको एक नेसनल लाइफले नियामक निकाय नेपाल बिमा प्राधिकरणको स्वीकृतिमा भवन निर्माण गरेको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा