संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा शिर्ष तीन दलहरुबीच सहमति, चालु अधिवेशनबाटै पारित गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडाैं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा शिर्ष तीन दलहरुबीच सहमति जुटेको छ ।

बिहीवार सिंहदरबारमा बसेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति गरिएको हो । यद्यपि प्रतिवेदन तयार पारी शिर्ष नेताहरुलाई बुझाउने काम बाँकी रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भयो ।

उहाँले टिआरसीसँग सम्बन्धित बिलका बारेमा अहसमतिका विषयहरुलाई कार्यदलको बैठकले सहमतिमा पुर्‍याएको र बैठकबाट सतप्रतिशत सहमति भएको बताउनु भयो । उहाँले शुक्रवार (भोलि) वा (पर्सि) शनिवारसम्म प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने बताउनु भयो ।

उहाँले पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी सहमति गरिएको बताउनु भयो । उहाँले चालु संसदबाटै विधेयक पारित गरेर अघि बढ्ने पनि जानकारी दिनुभयो । उहाँले संक्रमणकालिन न्यायका मुद्दाहरु सबै पीडितले न्याय पाउने र पीडकलाई कानूनको दायरामा ल्याउने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘हामीले टिआरसीसँग सम्बन्धित बिलको जे असहमति भएका विषयहरु थिए । त्यसमा छलफल गरिरहेका छौँ । आजको बैठकबाट सतप्रतिशत सहमति भएर उठेका छौँ । शिर्ष नेताहरुसँग शेयर गर्न बाँकी छ । तीन जनाको संयन्त्रले फराकिलो ढंगबाट छलफल गरेपछि शब्द शब्दमा गएर छलफल गरेका छाैं । पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी हामी उठेका छौँ । भोलि वा पर्सिसम्म एउटा प्रतिवेदन बनाएर शिर्ष नेतालाई दिनेछौँ । अहिलेसम्म गरेका काम र सहमतिको प्रतिवेदन पेश गर्नेछौँ । अब हामी शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने गरी समाप्त गर्नेछौँ । सबैको सहयोग यसमा चाहिन्छ । यो काम गरिसकेपछि कानून, न्याय तथा मानव अधिकार समितिमा यो विधेयक छ, त्यसलाई त्यहाँबाट यही संसदबाट यो बिल पारित गरेर आयोग बनाएर त्यो आयोगमार्फत द्वन्द्वकालीन सम्पूर्ण घटनाको टुंगो लगाउनेछौँ । यो ऐन बमोजिम शान्ति प्रक्रियाका सम्पूर्ण काम टुंगोमा पुर्‍याउनेछौँ । आयोगको कार्यावधि ४ वर्षको भनेका छौँ । त्यो समयभित्रै यसको समग्र संक्रमणकालिन न्यायका मुद्दाहरु सबै पीडितले न्याय पाउने र पीडकलाई कानूनको दायरामा ल्याउँछौँ । टिआरसी बिल पारित गरेपछि मात्रै चालु अधिवेशन अन्त्य हुन्छ ।’

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सुरक्षाकर्मीका लागि आवश्यक राहत परिपूरण, बहिर्गमित योद्धाहरुका बारेमा पनि स्पष्ट छलफल भएको बताउनु भयो । उहाँले गम्भीर मानव उल्लंघनका सन्दर्भमा नियतवश वा स्वेच्छाचारी ढंगले भन्नेकुरा पनि उल्लेख गरिएको बताउनु भयो । उहाँले लामो समयदेखि अड्किरहेको विषयलाई राजनीतिक स्तरमा मुख्यतः पीडितहरुको लागि सम्बोधन गर्न पाउने वातावरण बनोस् भन्ने उद्देश्यका आधारमा पीडितहरुको मागअनुसार नै टुंग्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीको सन्दर्भमा पनि हामीले उल्लेख गर्‍यौँ, उहाँहरुका लागि आवश्यक राहत परिपूरणको लागि । बहिर्गमित योद्धाहरुका लागि पनि हामीले त्यो कुराहरु स्पष्ट गरी बहिर्गमित योद्धाहरुको बारेमा स्पष्ट गरेका छौँ । सहमति भएन भने त्यो कुराहरुलाई हामीले उल्लेख गरेर समग्र ४ वटा बुँदाहरु थियो, त्यो गम्भीर मानव उल्लंघनका सन्दर्भमा नियतवश वा स्वेच्छाचारी ढंगले भन्ने पनि हामीले उल्लेख गरेका छौँ । त्यसरी सबै इस्युहरुलाई हामीले आज सहमति गरेर अब एउटा प्रतिवेदन तयार गर्ने ठाउँमा हामी पुगेका छौँ । लामो समयदेखि अड्किरहेको विषयलाई राजनीतिक स्तरमा पनि मुख्यतः पीडितहरुको लागि सम्बोधन गर्न पाउने एउटा वातावरण बनोस् भन्ने हाम्रो उद्देश्यका आधारमा पीडितहरुको मागअनुसार नै यसलाई टुंग्याएका छौँ । नेपालको शान्ति प्रक्रियाका धेरै काम टुंग्याइसकेको अवस्थामा यो एउटा काम बाँकी थियो । पीडितलाई सम्बोधन गर्नुपर्ने, उहाँहरुलाई न्याय दिनुपर्ने कामलाई आज हामीले अघि बढाउन कानून निर्माण गर्नेकुरा अघि बढाउन सहमति गरेका छौँ । प्रक्रिया हुँदै सदनबाट अघि हुनेछ । पीडितले छिटो भन्दा छिटो न्याय पाउनुहुनेछ । नेपालको शान्ति प्रक्रियाको मौलिकता जो छ, त्यो विशेषताका आधारमा हामी दलहरुले छलफल गरेर सहमति गर्नसक्छौँ भन्नेकुरा स्थापित गरेका छौँ ।’

उहाँले पीडितलाई सम्बोधन गर्नुपर्ने, न्याय दिनुपर्ने कामलाई अघि बढाउन कानून निर्माण गर्नेकुरामा सहमति भएको बताउनु भयो । उहाँले पीडितले छिटो भन्दा छिटो न्याय पाउने पनि बताउनु भयो । नेपालको शान्ति प्रक्रियाको मौलिकता र विशेषताका आधारमा नै दलहरुले छलफल गरी सहमति गरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?