
काठमाडौं – गएराति काठमाडौं उपत्यकाका धेरै ठाउँमा भारी वर्षा भएको छ । अविरल वर्षासँगै उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेको छ । गमती, हनुमन्ते, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु र बल्खुखोलामा जलसतह सतर्कता ९खतरा० तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।
नदी किनारको सडक र बस्तीमा बाढीआउन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, किनारबाट यात्रा नगर्न र डुबान हुने स्थानमा बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच