गोलान हाइट्समा रकेट आक्रमण : १२ बालबालिकाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । इजरायली-नियन्त्रित गोलान हाइट्सस्थित माजदल शाम्सको एक फुटबल पिचमा रकेट आक्रमण हुँदा १२ जना बालबालिकाको मृत्यु भएको छ । तर सो घटनामा लेबनानी शिया लडाकु समूहले संलग्नता अस्वीकार गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहले यस आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले हमासले अक्टोबर ७ मा गरेको हमलापछि सर्वसाधारणमाथि भएको सबैभन्दा ठूलो आक्रमण भएको बताउनु भयो । हेजबुल्लाह यस प्रकोपको पछाडि रहेको इजरायलको आरोप छ ।

इजरायली सेना र सुरक्षा अधिकारीहरूले रक्षामन्त्री योभ गलान्टलाई हिजबुल्लाह विरुद्ध कारबाहीका लागि विभिन्न विकल्पहरू प्रश्तुत गरेका छन् । इजरायलका राष्ट्रपति इसाक हर्जोगले रकेट आक्रमणलाई हृदयविदारक बताउनुभएको छ ।

ADVERTISEMENT

रकेटले माजदल शाम्सको फुटबल पिचमा प्रहार गरेको थियो । जसमा मृत्यु हुनुका साथै करिव ३० जना घाइते भएका थिए । इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोमले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?