काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगोे पाइला’ वाकाथन आयोजना गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । स्थापनाको ४०औँ वार्षिकोत्सवका अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धि संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत् ऐक्यबद्धता जनाएकोे छ ।
वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्षअघि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता गर्नुभयो । उहाँले भन्नुभयो, ‘नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरूले दिगो बैंकिङमार्फत् यसको सुरुवात गरिसकेका छौँ, आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौँ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अघि बढाइसकेको छ, आज देशव्यापी रूपमा आयोजित यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन थप सहयोग हुनेमा हामी विश्वस्त छौँ ।’ सो अवसरमा बैंक सञ्चालक अनन्त पौड्याल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायब प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भुपेन्द्र पाण्डे, विभिन्न विभागका प्रमुखलगायत काठमाडौं उपत्यकाका शाखाहरूमा कार्यरत करिब ११ सय कर्मचारीको उपस्थिति रहेको बैंकले जनाएको छ ।
शनिबार दरबारमार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै केन्द्रीय कार्यालयमा पुगेर समापन भएकोे थियो । नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ वाकाथन आयोजना गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा