
काठमाडौं । लुम्बिनी केबुलकारले साउन १४ देखि भदौसम्म सोमबारका दिनमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । भदौ मसान्तसम्मका आठवटा सोमबारका दिन बिहान साढे आठ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर ल्याइएको केबुलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिनुभयो ।
केबुलकारको साधारण टिकटदर एक हजार रुपैयाँ रहेको छ । अफरअनुसार पर्यटक र भक्तजनले केबुलकारको दुईतर्फी यात्राका लागि पाँच सय रुपैयाँमात्र तिर्नुपर्नेछ । अपरेसन म्यानेजर कायस्थले भन्नुभयो, ‘बिहान साढे आठ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दामात्र छुट अफर लागू हुन्छ तर टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबुलकार चढ्न पाउँछन् ।’
अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ । अफरले आमसर्वसाधारणलाई सस्तो शुल्कमा केबुलकार यात्रा तथा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत छ । मर्निङ अफर भारतीय पर्यटकमा पनि लागू हुने र उनीहरूले पाँच सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्नेछन् ।
लुम्बिनी प्रदेशकै पहिलो उक्त केबुलकार गत वर्ष जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । केबुलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर हिन्दू धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् । मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्यमात्रामा पर्यटक आउने गरेकोे म्यानेजर प्रज्ज्वल घिमिरेले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच