काठमाडौं । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा थप प्रतिष्ठित चिकित्सक आबद्ध भएका छन् । प्राडा विमलकुमार पाण्डे र उहाँको टिम ख्यातिप्राप्त हाडजोर्नी र स्पाइन सर्जन हो, जसले अत्याधुनिक हाडजोर्नी र ट्रमा शल्यक्रिया, जोर्नी प्रतिस्थापन, स्पाइन सर्जरी, आर्थोस्कोपी र खेलकुद चोट व्यवस्थापन सेवा प्रदान गर्नेछ ।
डा. सुरेश श्रेष्ठ, कन्सल्टेन्ट क्लिनिकल र रेडिएसन अंकोलोजिस्ट हुनुहुन्छ भने डा. रोहन झा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एक दशकभन्दा बढीको क्लिनिकल र प्रशासनिक अनुभवी मेडिकल एडमिनिस्ट्रेटर हुनुहुन्छ ।
कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. निरज गौतम आन्तरिक चिकित्सामा एमडी र न्युरोलोजीमा डिएम हुनुहुन्छ, जसले पूरा न्युरो चिकित्सा सेवासहित एक्युट इस्केमिक स्ट्रोक मा थ्रोम्बोलिसिस प्रदान गर्नुहुनेछ ।
कन्सल्टेन्ट पेडियाट्रिक एनेस्थेसिया र क्रिटिकल केयर विशेषज्ञ डा. सुदीप केसी, आन्तरिक चिकित्सा विशेषज्ञ डा. प्रभात रिजाल, हाडजोर्नी विशेषज्ञ डा. रूपेश वोड, सामान्य चिकित्सक र आपत्कालीन चिकित्सा विशेषज्ञ डा. दीपेश केसी, डा. मिलन थापा, नर्सिङ निर्देशक विमला श्रेष्ठ र डेन्टल सर्जन डा. काजल ठाकुर रहेका हस्पिटलका जनसम्पर्क विभाग प्रमुख रवि खड्काले जानकारी दिनुभएको छ ।
सो अवसरमा क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले अस्पतालमा निःशुल्क आपत्कालीन एम्बुलेन्स सेवाको घोषणासमेत गर्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा