काठमाडौँ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका सूचना प्रविधिसम्बन्धी अध्ययनमा कर्जा उपलब्ध गराउने, युवा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जा सहज गरिनेजस्ता पहलमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने जनाएको छ ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, एकाउन्टिङ जस्ता व्यहारिक शिक्षा आर्जन गर्नका लागि ऋण उपलब्ध गराउन राष्ट्र बैंकले आवश्यक सहजिकरण गर्ने बताउनुभयो । सरकारले लिएको नीति तथा कार्यक्रमकै आधारमा सहजीकरण अघि बढाउने उहाँको भनाइ थियो ।
त्यस्तै, चालु आव २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाहका लागि प्रोत्साहन गरिने गभर्नर अधिकारीले प्रतिबद्धता व्यक्त गरे । ‘युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्याउन सकजीकरण गरिनेछ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच