
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो एन ६५ फाइभजी र रियलमी सी ६३ नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६३ र ६५ फाइभजीमा ६.७२ को फुल एचडी डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, मिडियाटेक डाइमेन्सिटी सात सय र फाइफजी जस्ता मुख्य फिचर रहेका छन् भने रियलमी सी ६३ मा ६.७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामेरा र ४५ वाटको सुपरभोक चार्जर समावेश छन् ।
रियलमीका लागि भारत र नेपालको हेड अफ स्ट्राटेजी, मुनिस गिरीले भन्नुभयो, ‘हामी नेपाल बजारमा नार्जो एन ६५ फाइभजी र रियलमी सी ६३ ल्याउन पाउँदा निकै उत्साहित छौँ । यी स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । नार्जो एन ६५ फाइभजीको उन्नत फाइभजी फिचर र सी ६३ को किफायती मूल्यमा नै प्राप्त हुने आकर्षक फिचरले ग्राहकको मन जित्नेमा हामी विश्वस्त छौँ ।’ रियलमी नार्जो एन ६५ फाइभ जी ५० मेगापिक्सेलको एआई क्यामेराका साथै आठ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । रियलमी एन ६५ फाइभजीमा छ जिबी र्याम र १२८ जिबी स्टोरेज उपलब्ध रहेको छ भने स्टोरेज दुई टिबीसम्म पुर्याउन सकिन्छ । छ जिबी भर्चुअल र्याम पनि थप गर्न सकिने बताइएको छ । छ प्लस १२८ जिबी रियलमी नार्जो एन ६५ फाइभजीको मूल्य २१ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
त्यस्तै आठ प्लस आठ जिबीको डायनामिक र्याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको रियलमी सी ६३ मा थप १६ जिबी भर्चुअल मेमोरी थप गर्न सकिन्छ भने ५० मेगापिक्सेलको एआइ क्यामेरा रहेको छ । जसको मूल्य १५ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच