खान युनिसमा इजरायली आक्रमण : मृत्यु हुनेको संख्या ७० पुग्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । दक्षिणी गाजा पट्टीको खान युनिस शहरमा सोमवार इजरायली आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य २ सय भन्दा बढी घाइते भएका गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

इजरायली लडाकु विमानहरूले खान युनिसको पूर्वी क्षेत्र तत्काल खाली गर्ने आदेश जारी गरेपछि आक्रमण भएको थियो । पूर्वी क्षेत्रहरूका साथै शहरको पश्चिम र विशेष गरी अल-मवासीतर्फ बिस्थापन भएको देखिएको छ । हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले घेराबन्दीमा परेका परिवारहरूबाट उद्धार गर्न आग्रह गरिएको बताएको छ ।

ADVERTISEMENT

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले सोमवार गाजानका नागरिकहरूलाई खान युनिसको विशेष क्षेत्रहरूबाट अस्थायी रूपमा खाली गर्न आह्वान गरेको थियो । जुन आतंकवादीहरूले यी क्षेत्रमा सञ्चालन र रकेट प्रहार गरिरहेको खुफिया जानकारीको कारण थियो । खान युनिसले जुलाईमा धेरै ठूलो इजरायली आक्रमणहरू भोगेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?