काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान(एनएफआरस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारका विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/०८० का लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको छ ।
उक्त पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७, २०७७/०७८, २०७८/०७९ र २०७९/०८० गरी लगातार पाँचौँपटक पुरस्कृत भएको हो । आइक्यानले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२३ विभिन्न पाँच विधामा प्रस्तुत गरेकोमा निजी बैंकिङ क्षेत्र, वित्तीय सेवा क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरू) उत्पादन क्षेत्र, वित्त र ऊर्जा क्षेत्र र सेवा क्षेत्र रहेका छन् ।
विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । शनिबार संस्थाका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाका साथै डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङलगायतका सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी गराउनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा