ढाका । बंग्लादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गर्नुभएको छ । आन्दोलनले चर्को रूप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरू तैनाथ गरिएको छ ।
अस्पतालका झडपमा पछिल्लो समयसम्म कम्तीमा १०५ जनाले ज्यान गुमाइसेका छन् । बंग्लादेशमा जारी आन्दोलन नियन्त्रण गर्न प्रहरी असफल भएपछि प्रधानमन्त्रीको कार्यालयले गत मध्यरातबाट सेना परिचालन र कर्फ्यु आदेश जारी गरेको छ ।
सरकारले नागरिकहरूको सहायताका लागि कर्फ्यु लगाउने र सेना तैनाथ गर्ने निर्णय गरेको प्रधानमन्त्री हसिनाका प्रेस सचिव नईमुल इस्लाम खाँनले बताउनुभएको छ । राजधानी ढाकाका सडकहरू शनिबार बिहानैदेखि सुनसान थिए । सेना र बख्तरबन्द कर्मचारी वाहकले गस्ती गरिरहेका छन् ।
यसै क्रममा कर्फ्युलाई बेवास्ता गर्नेलाई प्रहरीले घर फर्काइ रहेको छ । कर्फ्यु आइतबारसम्म कायम रहने निजी प्रसारण च्यानल-२४ ले रिपोर्ट गरेको छ । प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय भएको स्पेन र ब्राजिलको भ्रमण विद्यमान अवस्थाका कारण रद्द गरिएको उहाँका प्रेस सचिव खाँनले जानकारी दिनुभएको छ । रासस/एएफपी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा