काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर-एनपी ट्रिपल बी प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ ।
कम्पनीले लगानीकर्ता तथा सम्पूर्ण हितकारीको सुरक्षाका लागि जोखिम न्यूनीकरण गर्दै लगेको समेत रेटिङले थप पुष्टि गर्ने जनाएको छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर-एनपी ट्रिपल बी’ रेटिङ गरेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को अवधिमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रूपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो ।
कम्पनीले निरन्तर रूपमा बिमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धिदर हासिल गरिरहेको जनाएको छ । कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुर्याएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा