काठमाडौं । सरकारको बजेटपछि निकै चासोका साथ हेरिएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने नेपाल राष्ट्र बैंकले तयारी गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितका पदाधिकारीले यसबारे बुधबार अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेकाले शुक्रबार सार्वजनिक हुने राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंकले मंगलबार अन्तिमपटक बैंकर्स संघका प्रतिनिधिसँग छलफल गरेको थियो । राष्ट्र बैंकले गत जेठ १३ गतेदेखि मौद्रिक नीतिका लागि सुझाव माग गरेको थियो ।
यसपटक मौद्रिक नीति विगतको तुलनामा केही लचिलो हुन सक्ने अपेक्षा गरिएको छ । किनभने गभर्नर अधिकारीले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा पनि अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आउने बताउँदै आउनुभएको छ । तथापि मौद्रिक नीतिका पनि सीमा, मूल्य र मान्यता हुने भएकाले सरकार, निजी क्षेत्र वा गभर्नरले चाहेर पनि धेरै लचक हुन सक्ने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्दै आउनुभएको छ ।
हाल निजी क्षेत्रले लगानीको वातावरण नभएको भन्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिइरहेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाए पनि कर्जा माग बढ्न नसक्दा बैंकहरूमा तरलता थुप्रिँदै गएको छ । विद्यमान अवस्था मध्यनजर गर्दै केन्द्रीय बैंकले यसपटकको मौद्रिक नीतिमा लचकता आउन सक्ने निजी क्षेत्रको अपेक्षा देखिन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा