
काठमाडौं । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलअन्तर्गत देशभर रहेका शाखामा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकका ट्रान्ज्याक्सन बैंकिङ तथा इन्टरनेसनल बिजनेस प्रमुख जितबहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गर्नुभएको छ । बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलको कुपण्डोल हाइट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्युरोड पोखरा, बरगाछी विराटनगरस्थित शाखाबाट पनि उपलब्ध हुने सेवामा उक्त छुट पाउन सक्ने बताइएको छ ।
बैंकले डिजिटल भुक्तानी प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघिमात्रै सिद्धार्थ रिवाडर््स नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच