
काठमाडौं । चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ३७.८४ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले सो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतमा प्रवक्ता वेदप्रसाद उप्रेतीले विगत ५ वर्षको तुलनामा यस वर्ष करिव ७ प्रतिशतले मुद्दा फछ्र्यौट वृद्धि भएको बताउनु भयो ।
उहाँले चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ४० हजार ९१२ मुद्दामध्ये १५ हजार ४८४ मुद्दा फछ्र्यौट गरेको बताउनु भयो । उहाँले विगत पाँच वर्षको तुलनामा यस वर्ष मुद्दा फछ्र्यौट संख्या र प्रतिशतमा वृद्धि भएको बताउनु भयो । उहाँले ४० हजार ९१२ मुद्दामध्ये फछ्र्यौट गर्ने २५ हजार ४२८ मुद्दा बाँकी रहेको बताउनु भयो । प्रवक्ता उप्रेतीले विगत ५ वर्षमा २ वर्ष नाघेका मुद्दाको तुलनामा पनि २ वर्ष नाघेका मुद्दा फछ्र्यौट बढी रहेको बताउनु भयो । विगत ५ वर्षमा २ वर्ष नाघेका २० हजार १४२ मुद्दामा ८ हजार १२२ मुद्दा फछ्र्यौट गरिएको बताउनु भयो । उहाँले विगत ५ वर्षको तुलनामा २ वर्ष नाघेका ४०.३२ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको बताउनु भयो । प्रवक्ता उप्रेतीले ५ वर्षमा २ वर्ष नाघेका अझै १२ हजार २० मुद्दा बाँकी रहेको बताउनु भयो ।
उहाँले २ हजार ६४५ थुनुवा मुद्दामा चालु आर्थिक वर्षमा ८९७ अर्थात ३३.९१ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको बताउनु भयो । उच्च अदालतमा ६५ हजार ३१० मुद्दामा ६२.६१ प्रतिशत र जिल्ला अदालतमा २ लाख २८ हजार ३७२ मा ५७.०६ प्रतिशत मुद्दा फछ्र्यौट भएको बताउनु भयो । उहाँले सर्वोच्च,उच्च र जिल्ला अदालतमा गरी चालु आर्थिक वर्षमा ३ लाख ६४ हजार ५९४ मुद्दा दर्ता भएकोमा ५५.९० अर्थात २ लाख ३ हजार ८२७ मुद्दा फछ्र्यौट भएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतमा हरेक आर्थिक वर्षमा मुद्दा दर्ताको क्रम बढ्दो रहेको बताउनु भयो । उहाँले सर्वोच्च अदालतमा प्राप्त स्रोत साधन न्युन र जनशक्तिको दक्षता अभिवृद्धिमा राज्यको लगानी नभएको बताउनु भयो । उहाँले अदालतहरुको भौतिक अवस्था कमजोर भएकाले बताउनु भयो । उहाँले समयमा न्यायधीश नियुक्ति नहुनु प्रमुख चुनौती रहेको बताउनु भयो ।
सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन पद्धतिका तथ्याङ्क सकारात्मक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय अदालतले दर्ता भएका मुद्दा भन्दा बढी फछ्र्यौट गरिरहेको दाबी गर्नुभयो । उहाँले अदालतहरुमा दर्ता भएका मुद्दा फछ्र्यौट तथ्याङ्कहरुले अदालतहरु सुधारोन्मुख भएको देखिएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा विगतको तुलनामा २३ सय मुद्दा कम गर्न सफल भएको बताउनु भयो । उहाँले गत वर्ष १२ हजार बढी मुद्दा फछ्र्यौट गरिएकोमा यो वर्ष वृद्धि गरेर १५ हजार बढी मुद्दाहरु फछ्र्यौट गरिएको बताउनु भयो ।
सर्वोच्च अदालतले रिट निवेदनका लागि परेका ७ हजार २८६ मुद्दाहरुमा पनि २ हजार ८० मुद्दा फछ्र्यौट गर्न सफल भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच