
गाजा । हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् । यदि प्रशासनले युद्ध समाप्त गर्न चाहेको खण्डमा नेतान्याहुलाई युद्धविराममा पुग्न दबाब दिनुपर्ने हमासको राजनीतिक ब्युरोका सदस्य हुसाम बद्रानले विज्ञप्तिमार्फत जनाउनुभएको छ । द्वन्द्वमा प्यालेस्टिनी जनता पीडित रहेको उल्लेख गर्दै इजरायली सेनाले पीडितको झूटो दाबीको पछाडि लुकाउने गरेको उहाँले बताउनुभएको छ ।
इजिप्टेली मिडियाको रिपोर्ट अनुसार यूएस सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बन्र्स कैदी आदानप्रदान सम्झौता र गाजा पट्टीमा नौ महिना लामो युद्धको अन्त्यसम्बन्धी वार्तामा भाग लिन यसहप्ता कायरो जाने अपेक्षा गरिएको छ । कैदी वार्तामा संलग्न एजेन्सीहरूका अधिकारीसहित इजरायली प्रतिनिधिमण्डल गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न कायरो पुग्ने अपेक्षा गरिएको मिडियाले जनाएका छन् ।
इजरायलले सन् २०२३ अक्टोबर-७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसाविरुद्ध बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा एक हजार २०० मानिसहरू मारिए भने २३० भन्दा बढीलाई बन्धक बनाइयो । आक्रमण सुरु भएदेखि नै इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच युद्धविराम र कैदी आदानप्रदान गर्ने प्रयास गर्दै आएका छन् । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच