
नयाँदिल्ली । भारी वर्षाको प्रभावका कारण मंगलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्था बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ । भारी वर्षापछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन् ।
सोमबार विभिन्न स्थानमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा दर्ता भएपछि विभिन्न क्षेत्रमा गम्भीर जलप्रभाव देखिएको छ ।
वर्षाको अनुचित प्रभावले मुम्बई विश्वविद्यालयमा मंगलबारका लागि निर्धारित सबै परीक्षाहरू स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विश्वविद्यालयले एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, सांगली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्गलगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएको छ । यसैगरी तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
मौसम पूर्वानुमानमा, भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच