
काठमाडौं । कास्कीको दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पौडेलविरुद्ध झुट्टा वितरण पेश गरी शिक्षकमा नियुक्ति लिई भ्रष्टाचार गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलले सरकारी जागिर प्रयोजनका लागि दुई वटा नागरिकता प्रयोग गरेको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
दुर्गा आधारभूत विद्यालयमा अस्थायी शिक्षक नियुक्ति हुँदा जन्म मिति २०१३ वैशाख २७ गते उल्लेख भएको नेपाली नागरिकताको प्रमाण पत्र पेश गरेका थिए ।
तर, शिक्षक सेवा आयोगमा दरखास्त दिई २०६० चैत २६ मा स्थायी नियुक्ति हुँदा उनले ७ वर्ष कम उमेर रहेको जन्म मितिको नागरिकता पेश गरेका थिए ।
स्थायी नियुक्तिका लागि उनले आफ्नो शैक्षिक प्रमाण पत्र अस्थायी नियुक्ति हुँदाकै पेश गरेका थिए । तर उनले पेश गरेको नागरिकतामा फरक जन्म मिति रहेको पाइएको थियो ।
आयोगका अनुसार उनले २०२० वैशाख २७ गते उल्लेख भएको वंशजको आधारमा प्राप्त गरेको नागरिकता पेश गरेका थिए ।
पौडेल पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दी, तारेभीरस्थित दुर्गा आधारभूत विद्यालयका शिक्षक हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच