मनिला । जापान र फिलिपिन्सले सोमबार क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीको बीचमा घनिष्ठ सुरक्षा सहयोगका लागि संयुक्त अभ्यासलाई सहज बनाउन द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
जापानी विदेश मन्त्री कामिकावा योको र फिलिपिन्सका रक्षा सचिव गिल्बर्ट टिओडोरो जुनियरले राष्ट्रपति फर्डिनाण्ड आर मार्कोस जुनियरको उपस्थितिमा मलाकान दरबारमा एक समारोहमा पारस्परिक पहुँच सम्झौता (आरएए) मा हस्ताक्षर गर्नुभएको हो ।
नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गर्नुअघि राष्ट्रपति मार्कोसले कामिकावा र जापानी रक्षामन्त्री मिनोरु किहारासँग भेटवार्ता गर्नुभएको थियो । मार्कोसले उक्त सम्झौतालाई महत्वपूर्ण सम्झौता भन्दै कामिकावाले आरएएको हस्ताक्षर दुई देशका लागि द्विपक्षीय सम्बन्धलाई समृद्ध बनाउने ठूलो उपलब्धि भएको बताउनुभयो ।
फिलिपिन्स र जापानका सम्बन्धित विधायीकी निकायहरूद्वारा अनुमोदन भएपछि लागु हुने यो सम्झौताले जापान सेल्फ डिफेन्स फोर्स र फिलिपिन्स सेनाबिच एक अर्काको देशमा संयुक्त अभ्यास र विपद् राहत कार्यका लागि कर्मचारी स्थानान्तरणमा प्रतिबन्धहरू कम गर्ने अपेक्षा गरिएको छ । गत नोभेम्बरमा जापानी प्रधानमन्त्री फुमियो किशिदा र मार्कोसले वार्ता सुरु गर्न सहमति गरेपछि यो सन्धि भएको हो ।
फिलिपिन्स समाचार एजेन्सीका अनुसार, फिलिपिन्सले संयुक्त राज्य अमेरिका र अष्ट्रेलियासँग यस्तै रक्षा सम्झौता गरेको छ भने फ्रान्ससँग अर्को रक्षा सम्झौता भइरहेको छ । त्यसैगरी, जापानले अष्ट्रेलिया र बेलायतसँग यस्तो सम्झौता गरेको छ भने अमेरिकासँग ‘स्टेट्स अफ फोर्सेज एग्रिमेन्ट’ गरेको छ । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा