
मुगु । गाउँ र यार्सा लुटदै हिडने लुटेरा समुहलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुसँग अत्याधुनिक हतियार रहेकाे प्रहरी बताएकाे छ ।
आइतबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समुहमा संलग्न ३ जनालाइ सार्वजनिक गरेको हो ।
जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित प्रहरीले ६ जना पक्राउ गरेको थियो ।
पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले दिनु भएको जानकारी अनुसार घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेका छन् । प्रहरीले उनीहरु खोजी तिव्र पारेको छ ।
गत जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गर्न पाटनतिर गएको मौका छोपेर लुटेरा उक्त आठ जनाको हतियारधारी समूहले गाउामा लुटपाट गरेका थिए ।
लुटेरा समुहले गाउँका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला,चादि ९९४ दशमलव ५ तोला,बुद्धको मुर्ती,रिणिमोक्क्ष माइको मुर्ती, मुगाको माला ९५ तोला, यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानियहरुले प्रहरीमा जाहेरी दिएका थिए ।
घटना लगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रकाश सिह कमाण्डमा प्रहरि खटिइ विभिन्न ७ वटा स्थानमाअनुसन्धान सुरु गरेको थियो । यो अनुसन्धान र खोजतलासमा मुगु प्रहरीले जुम्ला, ,हुम्ला,कालिकोट र डोल्पाका प्रहरीसङ्ग समन्वय सहकार्य गरि नाकाहरुमा प्रहरी परिचालन गरेको थियो ।
घटना भएको झण्डै एक महिनापछि गाउँ र यार्सा लुटपाटमा संलग्न आठ जनाको समूह मध्ये प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो ।
प्रहरीका अनुसार यार्सा तथा गाउँ लुटन संलग्न रहेका आठ जनाको समूह जुम्ला जिल्ला कै भएको पृष्टि भएको छ । उनीहरुबाट लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियार समेत प्रहरीले बरामद गरेको छ ।
प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल रहेका छन ।
यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ्ग २ थान,सुन कै माडुली २ थान ( विक्री गरे पश्चात् जुम्ला प्रहरी मार्फत बरामत) पनि बरामत गरेको छ ।
पक्राउ परेका जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी,सोही ठेगानाका पुर्णप्रसाद भण्डारि र वडा न ४ का कमल थापाको घटनामा प्रत्यक्ष संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरुमा पुगि यो समुहले यार्सा संकलक तथा व्यापारिहरुबाट समेत यार्सागुम्बा लुट्दै आएको थियो ।
लुटेराहरुसङ्ग अत्याधुनिक हतियार कसरी पुग्यो, यो समुहमा अन्य को को संलग्न छन् अनुसन्धान भैरहेको पनि प्रहरीले बताएको छ ।
गत वर्ष पनि वडा न १ वाङ्री गाउँमा पनि लुटेरा समूह र स्थानिय विच झगडा भएको थियो त्यो बेला लुटेराहरुले स्थानियहरुबाट यार्सा लुटेर भागेका थिए भने प्रतिकार गर्ने करिव १ दर्जन स्थानिय घाइते भएका थिए ।
मुगुका २ दर्जन पाटनहरुमा पाइने यार्सागुम्वा लुटन बर्सेनि यो समूह कहिले कुनै पाटन त कहिले कुनै पाटन पुग्ने गरेको र मुगु,डोल्पाका पाटनहरुमा सधै यार्सा लुट्न पुग्ने यहि समूह भएको हुनसक्ने अनुसन्धानले देखाएको समेत प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले आइतवार आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो ।
प्रहरीले आइतबारै मुगु जिल्ला अदालतबाट २० दिन लुटेरा समुहलाई थुनामा राखी अनुसन्धान गर्न अनुमति लिइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच