मधेसमा खानेपानीको समस्या तत्काल समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ : अर्थमन्त्री पुन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । अर्थमन्त्री वर्षमान पुनले तराई मधेसमा देखिएको खानेपानीको समस्या तत्काल समाधानका लागि दातृ निकायहरुसँग छलफल भइरहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट खानेपानीलगायतका विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । अर्थमन्त्री पुनले खानेपानीसँग सम्बन्धित अधूरा र अपूरा आयोजनाहरु पूरा गरेर तराई मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न सकिने भएकाले त्यसका लागि दातृ निकायहरुसँग सहयोगका लागि छलफल भइरहेको बताउनु भयो ।

उहाँले मधेश प्रदेशका सबै जिल्लाहरुमा देखिएको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि समाधानका लागि सुनकोशी कमला तथा पश्चिमका जिल्लाहरुका लागि नारायणी चितवन र भेरी बबई कोहलपुरमा खानेपानी वितरण गर्नेगरी थोक वितरणका लागि छलफल शुरु गरिएको पनि बताउनु भयो । मन्त्री पुनले आम नागरिकलाई खानेपानीमा पहुँच पुर्‍याउने दायित्व सरकारको भएकाले सो काममा सरकारले विशेष ध्यान दिएको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘तराई मधेसमा हाल देखिएको खानेपानीको समस्या तत्काल समाधानका लागि अधुरा र अपूरा खानेपानी आयोजनाहरुको एकीन गरी सहयोगका लागि दात्रृ निकायहरुसँग छलफल भइरहेको छ । मधेश प्रदेशमा भूमिगत पानीको म्यापिङका लागि एशीयाली विकास बैंकले सहयोग गर्ने जानकारी गराएको छ । यसबाट तराई मधेसमा भूमिगत पानी र यसको गुणस्तर सुधारमा यकीन हुनेछ । मधेस प्रदेशका सबै जिल्लाहरुमा देखिएको खानेपानी समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्नका लागि सुनकोशी कमला तथा पश्चिमका जिल्लाहरुका लागि नारायणी चितवन र भेरी बबई कोहलपुरमा खानेपानी वितरण गर्ने गरी थोक वितरणका लागि आगामी आर्थिक वर्षबाट शुरु गरिनेछ । सबै नागरिकलाई खानेपानीमा पहुँच पुर्‍याउने नै हो ।’

मन्त्री पुनले सिमित स्रोतका कारण सबै खानेपानीका आयोेजनाहरुको काम अघि बढाउने सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?