
✍️ खिमानन्द पोखरेल
सर्वज्ञ वाग्ले समयको माग हो । सर्वज्ञ वाग्ले समयसँग चल्ने गति हो । सर्वज्ञ वाग्ले व्यक्ति हो । सर्वज्ञ वाग्ले साहित्य हो । सर्वज्ञ वाग्ले यो नाम साहित्यमा व्यापक चर्चाको विषय बन्न पुगेको छ । जहाँ रवि किरण पुग्न सक्दैन त्यहाँ हाम्रो कविको छवि पुग्न सफल देखिन्छ ।
साहित्यमा खटेर काम गर्दा आनन्दानुभूति प्राप्त गर्न सकिन्छ भन्ने भनाईबाट उहाँ टाढा रहेर बस्न चाहँनु हुन्न । यस्तै विगत देखि वर्तमान सम्म सञ्चालन हुँदै आईरहेको साहित्यिक कार्यक्रममा देश विदेशका आफ्ना प्रिय दर्शकहरू माझ जुम मार्फत प्रस्तुत भएर यस प्रकारको सेवा गरिरहेको कुरा साहित्यका अनुयायीहरू सम्पूर्णलाई जानकारी छ नै । आफ्नो साहित्यिक धारबाट विचलित हुन सक्ने साहित्यको मकुण्डो ओढेर साहित्यको नै बदनियत गर्न सक्ने व्यक्ति कदापि पनि साहित्यको अनुयायी हुनै सक्दैन । साहित्यमा लाग्न निकै ठूलो बौद्धिक परिश्रम गर्नु पर्छ । एउटा साहित्यकार बन्न पनि ठूलै त्याग र तपस्या पनि चाहिन्छ । आज आएर नेपाली साहित्यमा गैर साहित्यकारहरूको प्रवेश भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । यदि यस्तो भएको हो र बेलैमा यस कुराको निराकरण गर्न सकिएन भने साहित्यमा देखिएको विकृतिलाई बेलैमा हटाउन सक्ने प्रावधान राखीएन भने केही वर्ष पछि समस्याको रूपमा देखा पर्न सक्छ ।
यो समस्याले साहित्यमा ऐजेरू लगाईदिने काम गर्छ । यसरी जुन समस्या एउटा सच्चा साहित्यका बरद पुत्रहरूलाई निकै ठूला अड्चन बाधा भित्र कतै मन्द विषको रूपमा देखा पर्ने हो कि भन्ने जस्तो देखिन्छ । हामीले नेपाली भाषा र साहित्यलाई अगाध माया गर्नै पर्छ । साहित्यमा आख्यान गैर आख्यान दुवै क्षेत्रमा कलम चलाउने व्यक्तिको रूपमा आज हामीले सर्वज्ञ वाग्लेलाई पाएका छौं । उहाँ साहित्यमा उर्जा भएको अत्यन्त कृयाशिल व्यक्ति पनि हो । साहित्यमा मात्र देखा पर्ने नभएर उहाँको सामाजिक सेवामा पनि त्यत्तिकै चासो राख्न चहानु हुन्छ । यस धरतीमा जन्म लिए पछि आफ्ना भावी पिढीको लागि केही आफ्ना पद चिन्हहरू छोडेर जानु पर्छ भन्ने आफ्नो विचार उहाँले अभिव्यक्त गर्न चहानु हुन्छ ।
हरेक साहित्य प्रेमीले साहित्यमा लाग्दा खुलेर साहित्यको सेवा प्रति समर्पित हुनु पर्छ । यसो गर्न सकियो भने आफ्नो क्षेत्रमा साहित्यले फस्टिने मौका पाउँछ भन्ने कुरा जानकारी गराउन उहाँ चहानु हुन्छ । साहित्य सबैको साझा चौतारी हो । साहित्यको उन्नती र प्रगती होस् भन्न चहानेहरूले साहित्यलाई औधि माया गर्नु पर्छ । साहित्य व्यक्ति विशेष हुनु हुँदैन । साहित्य सबैको साझा हुनु पर्छ । हरेक साहित्य भित्र आफ्नो राष्ट्र अटेको हुन्छ । देश भक्तिको भावना गुञ्जिएको हुन्छ । असल साहित्यको उत्पादन गर्न सकियो भने मन झङ्कृत हुन पुग्छ ।
मनका सारा पिडालाई शान्त पारी दिन्छ । आफूलाई एक्लो भएको महशुस नै हुँदैन । गैर साहित्यकारहरूलाई पे्ररणा दिन्छ । वेखुसीमा छट्पटिएकाहरू खुसीमा रमाउन थाल्छन् । आगो ओकली दिन्छ । मनको बेचैनीपन हटाई दिन्छ । मन एकोहोरो हुन पाउँदैन । मनमा उत्प्रेरणा जगाई दिन्छ । कुमार्गमा लागेकाहरूलाई सु-मार्गको पथ स्वीकार्न सीक भन्छ । अर्कोलाई दुःख कष्ट नदेउ भन्छ । सत्वुद्धिको पाठ पढाउ भन्छ । आफ्नो बारेमा सोंच भन्छ । कागले कान लग्यो भन्दैमा कागको पछि दौडीन हुँदैन । पहिला आफनो कान छाम्ने अनि पछि अगाडी जाने भन्ने कुराको सल्लाह र सुझाव दिन्छ । साहित्य कसैको बपौति होइन । साहित्य असल काम गर्नेहरूको दस्तावेज हो ।
साहित्यलाई साहित्यकारको आँखाले हेर्नु पर्दछ । साहित्य स्लील हुनु पर्छ । स्लील साहित्य उत्पादनले वेचैनी मनलाई शान्त बनाउँछ । साहित्य एक प्रकारको कला हो । यो कलामा आडम्वर हुँदैन । यो कला अँगाल्नु भनेको आफैमा उर्जा प्राप्त हुनु हो । खाने मुखलाई जुँगाले कहाँ पो छेक्न सकेको हुन्छ र रु राम्रो काम गर्नलाई कस्को चाहना हुँदैन र रु साहित्यमा राम्रो काम गर्नेहरू सफल हुन्छन् । यत्र तत्र सर्वत्र उनीहरूको नै प्रशंशा भई राखेको हुन्छ ।
अव अनेसासको बारेमा अव केही कुरा गरौंं ।
प्रत्येक दुइ दुइ वर्षमा यस्ले आफ्नो रङ्ग बदल्छ । सन् २०२२ देखि सन् २०२४ सम्म रहेको यस टोलीले साहित्यको दिगो विकास खातिर नेपाल देखि विदेश सम्म खटेर आफूलाई व्यस्त राख्ने प्रयास गर्यो भने अव सन् २०२४ देखि २०२६ सम्म नव निर्वाचित टोलीले साहित्यको दिगो विकास खातिर खटेर साहित्यको देश विदेशमा रहेका साहित्यिक सङ्घ संस्था प्रति वफादार, इमान्दार र कर्मठ भएर लाग्नु पर्ने हुन्छ । साहित्यले नेपाल र नेपाल देखि बाहिर बसेका नेपालीहरूलाई एक सुत्रमा बाँध्ने काम गर्छ । सञ्चारको दृष्टिकोणले कुरा गर्नु पर्दा संसार नै साँगुरो बनेको पो हो कि भन्ने प्रतित हुन्छ । सञ्चारले हामीलाई लखेटि रहेछ । यस मार्फत हामी लखेटिएका छौं । अहिले नेपाली संसारको कुना कुनामा छरिएर वसेका छौं । अहिलेको विज्ञानले विदेशमा नेपालीसँग कुरा गर्न चाहे सेकेण्ड भरमै कुरा गर्न सकिन्छ । साहित्यमा यस्ता कुराहरू लागू हुन्छन् जुन कुरालाई जुममार्फत उजागर गर्न सकिन्छ । साहित्यमा लागे पछि यस्कै पछि पछि लागेर साहित्यमा सृजनात्मक काम गरेर देखाउनु पर्ने हुन्छ । साहित्य अनुत्पादक क्षेत्र हो भन्नेहरू पनि यही समाज मै विद्यमान छन् । हाम्रो साहित्यले यस भित्रको विसङ्गतिलाई चिरफार गर्ने काम गर्छ । साहित्यले गतिशिल समयलाई शान्त पारिदिन्छ ।
अव फेरि एक छिन सर्वज्ञ वाग्ले कै बारेमा चर्चा गरौं ।
यही जुलाई ६ र ७ तारिख सन् २०२४ मा अनेसास केन्द्रमा अध्यक्ष पदको चुनाव हुँदैछ । योग्य अनुशाशनको राम्रो सँग पालना गर्ने व्यक्तिलाई हामीले यस पटकको चुनावमा भारी मतले असल अनेसासको काम, कर्तव्य र अधिकार दिलाउन सक्ने साहित्यको प्रखर योद्धाको सम्मान गर्दै अमूल्य मत दिएर जिताउनु छ । सर्वज्ञ वाग्ले त्यस्तो व्यक्ति हो जो साहित्यकालागि रात दिन खटेर काम गर्न सक्छ । हाम्रो पनि यस्तो सबै विषय नै साहित्य हो भन्ने व्यक्तिलाई मत जाने गर्नु पर्छ । यस पटकको चुनावमा साहित्य सेबक भएका होनहार, कर्मठ, साहित्यिक योद्धा र साहित्यको लागि मरिमिटी गर्नेलाई जिताउनु छ । साहित्य र साहित्यकार प्रर्याय बाची शव्द जस्तै हो । साहित्य र साहित्यकार विचको सम्वन्ध नङ र मासु बीचको सम्वन्ध जस्तै हुन्छ । सर्वज्ञ वाग्लेको साहित्य खुंखारसँग माझिएको पनि छ । उहाँको आख्याँन र गैर आख्यान दुवै विधामा कलम चल्ने गरेको छ । उहाँको २०६८ सालमा हास्य व्यङ्ग्य निवन्ध सङ्ग्रह “जुवाघर” निस्केको थियो । यसैगरी एक वर्षको अन्तराल पछि अर्थात २०६९ सालमा “क्यासिनो”कथा सङ्ग्रह निस्क्यो । यो कथा सङ्ग्रह पनि जुवासँग नै सम्वन्धित छ भने तिन वर्षको अन्तराल पछि २०७२ सालमा “युधिष्ठिर” भन्ने अर्को कथा सङ्ग्रह निस्क्यो । यस्तै दुइ वर्षको अन्तराल पछि अर्थात् २०७४ सालमा हाँस्य व्यङ्ग्य निवन्ध सङ्ग्रह “साँढे” निस्क्यो । यसरी नै दुइ वर्षको फरक पारेर अर्थात् २०७६ निस्केको उपन्यास हो “पुनर्वास” । यो उपन्यास पनि जुवा सँगै सम्वन्धित नै रहेको छ । यसरी नै २०८० मा “नेता बन छोरा नेता बन” र हाल निस्किंदै गरेको “बिम्व” २ वटा कविता गरि सर्वज्ञ वाग्लेले आफ्ना सात थान पुस्तक साहित्यको फाँटमा अर्पण गर्नु भएको छ । उहाँका अप्रकाशित कृतिहरू दर्जनौ छन् । यसरी आजको यस घडीमा हामीले साहित्यमा रात दिन लागि पर्ने सबैको भलो चहाने व्यक्तिलाई अगाडी वढाउने काम गरौं । यसैमा सबैको कल्याँण हुँनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच