
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक डाकेको छ ।
सोमबार दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाइएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो।
देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी भोलि दिउँसो ३ बजेका लागि बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमका साथै पार्टीको गतिविधिबारे छलफल हुनेछ।
एमाले अध्यक्ष ओलीसँग भेटेर फर्किए लगत्तै देउवाले पदाधिकारी बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
शनिबार नेपाली देउवा श्रीमती तथा सांसद आरजु देउवा राणालाई लिएर ओली निवास बालकोटमा पुग्नुभएको थियो।
उहाँहरु बीचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ ।
देउवाले शनिबार ओलीसँग भेटेर सहकार्यको प्रस्ताव अघि सार्नुभएको बुझिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच