रसियामा आक्रमणमा परी ९ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । रसियाको दक्षिणी क्षेत्रमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आईतवार भएको गोलीकाण्डमा सात कानून प्रवर्तन अधिकारीसहित नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका हुन् ।

गोलीबारी दुई अर्थोडक्स चर्च, एक सिनेगोग र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखाचकलामा ट्राफिक प्रहरी चौकीमा भएको थियो । रुसी अनुसन्धान समितिले गोलीबारीमा आतंकवादी हमलासँग सम्बन्धित लेख अन्तर्गत आपराधिक मुद्दाहरू प्रारम्भ गरेको छ । दागेस्तानमा काउन्टर-आतंकवादी अपरेशन व्यवस्था लागू गरिएको राष्ट्रिय आतंकवाद विरोधी समितिले जनाएको छ ।

गणतन्त्रको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै गोलीबारीमा संलग्न चार आक्रमणकारीहरू मारिएका र सुरक्षा बलहरूले उनीहरूको प्रयास जारी राखेको बताउनु भयो । यसैबीच आक्रमणमा घाइते भएका १३ प्रहरी अधिकारी र तीन सर्वसाधारणलाई उपचारका लागि मखचकलाको अस्पतालमा लगिएको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

गणतन्त्र दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले डर्बेन्ट र मखाचकलामा भएका आक्रमणहरूलाई सार्वजनिक अवस्थालाई अस्थिर बनाउने प्रयास भएको बताउनु भयो । उहाँले नागरिकहरूलाई शान्त रहन आग्रह गर्नुभएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?