
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निरासा छाएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सांसद केसीले यस्तो बताउनुभएको हो । उहाँले सदनमा आएका सासद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता,लोकतन्त्र र गणतन्त्रको पक्षमा लढेको बताउनु भयो । उहाँले तर अहिलेका युवा विद्यार्थीहरुले राजनीतिक,राष्ट्रियता र देशप्रति निराश रहेको बताउनु भयो ।
उहाँले युवाहरुले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद राजनीतिक नेनृत्व हुन आवश्वयक रहेको बताउनु भयो ।
उहाँले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौं लाख युवाहरुले देश छाडेर गइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालका नयाँ युवा पीडि अत्यन्तै निराश छ । सदनमा आएका सासद पनि विद्यार्थीबाट नै आएका हैनौं । विद्यार्थी हुँदा नै राष्ट्रियता,लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेका हौ । अहिलेका नयाँ युवाहरुलाई सोध्नुस् । राजनीतिक,राष्ट्रियता र देशप्रति उनीहरु निराश छन् । युवाहरुले विदेश भन्दा जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद हुनुपर्छ । हामीले राजनीति राष्ट्र र जनताको लागि गरेनौं । हामीले आफ्नो र परिवारको लागि राजनीति गरौं । त्यो परिणाम अहिले लाखौं लाख युवाहरुले देश छोडेर गइरहेका छन् । अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक छ । बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको छ ।’
उहाँले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच