काठमाडौं । गत मंगलबार सुरु भएको ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सकिएको छ । माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ दिएर नतिजा पर्खाइको खाली समयमा रहेका विद्यार्थी लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको प्रतियोगितामा समृद्धि स्कुल प्रथम भएको छ ।
त्यस्तै, हिमचुली स्कुल दोस्रो र स्वप्न वाटिका स्कुल तेस्रो भएको प्रतियोगिताका संयोजक मिलन बम ठकुरीले जानकारी दिनुभएको छ । खेलमा ‘बेस्ट किपर’ अवार्ड सनसाइन स्कुलका सुशन खत्री र ‘बेस्ट प्लेयर’ अवार्ड समृद्धि स्कुलकै सौगात राना मगरले प्राप्त गर्नुभएको छ ।
खेलमा आयोजकका अनुसार देशैभरका विभिन्न विद्यालय तथा इन्स्टिच्युटका विद्यार्थीबाट कुल ९० समूह सहभागी भएका थिए । प्रतियोगिता विजेता टिमले मेडल, ट्रफी र प्रमाणपत्रसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले ३० हजार र तेस्रो टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा