काठमाडौं । नेपालस्थित हुण्डाई मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन(एलएमसी)बाट नेपालमै हुण्डाई भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री सुरु गरेको छ ।
लक्ष्मी मोटर कर्पोरेसन नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुण्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलोपटक नेपालमा हुण्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरू हुण्डाई कम्पनी कोरिया वा इण्डियामा बन्ने सोही मोडलका गाडीसरहकै हुने कम्पनीको दाबी छ ।
स्वदेशमै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत् खपत, कुल गार्हस्थ्य उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रथम चरणमा हुण्डाई भेन्युका दुर्ई भेरियन्ट उत्पादन गर्ने र क्रमशः अन्य भेरियन्टको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको छ । स्वदेशमै उत्पादित हुण्डाई भेन्युको मूल्य क्रमशः ४४ लाख ९६ हजार र ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच