काठमाडौं । नेपाली बजारमा सेकेण्ड हृयाण्ड गाडी व्यवसायीको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघको शनिबार काठमाडौंमा सम्पन्न सातौं र आठौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः रमेश कोइरालाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले, अमित अधिकारी, कोषाध्यक्षमा प्रदीप राना मगर र सह-कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ रहेका छन् । सदस्यमा मनिषराज पाण्डे, देवेन्द्रकुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने(सन्तोष), रुद्र ढुंगाना, अशोक धिताल र टोकबहादुर पौडेल (अर्जुन) निर्वाचित भएका छन् ।
देशभरका एक सय ४५ रिकण्डिसन अटो व्यवसायी आबद्ध रहेको सो संघको अधिवेशन उद्घाटन सत्रमा अटो व्यवसायी तथा अधिवक्ता रुद्रप्रसाद ढुंगेलद्वारा लिखित पुस्तक ‘सवारी तथा यातायात कानुन’ समेत लोकार्पण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच