
काठमाडौं । खोटाङको दिक्तेल बजारमा आगामी कात्तिकमा राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ । सम्मेलन तयारीका लागि गणेश शाहको संयोजकत्वमा समिति गठन गरिएको छ । काठमाडौंमा शनिबार आयोजित सरोकारवालाको भेलाले शाहको संयोजकत्वमा समिति गठन गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
भेलाले बाँस उद्योग सञ्चालन र पर्यावरण संरक्षण गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आगामी कात्तिक २, ३ र ४ गते दिक्तेल बजारमा सम्मेलन गर्ने निर्णय गरेको छ । भट्टराईका अनुसार सम्मेलनमा बाँस शोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकको सहभागिता रहनेछ ।
शाहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गर्नुहुनेछ । बाँस क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष केपी भट्टराईले सम्मेलनका लागि सहजीकरण गर्दै आउनुभएको छ ।
भेलामा कल्याणी साह, काठमाडौं विश्वविद्यालयका बाँसविज्ञ डा. विष्णुमाया केसी, काठमाडौं वन विज्ञान क्याम्पसका उपप्राध्यापक डा. हिमलाल श्रेष्ठ, बाँस अनुसन्धानविज्ञ सन्तोष दाहाल, बाँस व्यवसायी प्रणव श्रेष्ठ, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा. चिरञ्जीवी भट्टराई, नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकाललगायतको उपस्थिति थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले यसअघिबाटै बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्रीको प्रवद्र्धन गर्दै आएको छ ।
उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवं उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ भने उत्पादित सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोशेली घरले खरिद गरेर बिक्री गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच