काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण कम गर्ने प्रयासस्वरूप चन्द्रागिरि नगरपालिकाको त्रिभुवनपार्कमा जेठ १६ र १७ गते निःशुल्क सवारी परीक्षण सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाले युएसआइडी स्वच्छ हावा, सवारी परीक्षण कार्यालय, नेपाल ट्राफिक प्रहरी तथा अन्य सरोकार निकायसँगको सहकार्यमा परीक्षण कार्यक्रम आयोजना गरेको हो । उत्सर्जन परीक्षण पास गर्ने सवारीसाधनलाई हरियो स्टिकर प्रदान गरिएको थियोे ।
उक्त शिविरमा एक सय सवारीसाधनको परीक्षण गरिएको थियो, जसमा ५६ सवारीसाधन उत्सर्जन परीक्षणमा उत्तीर्ण भएका थिए भने हरियो स्टिकर नभएका २५ सवारीसाधनले हरियो स्टिकर प्राप्त गरेका थिए । समयमै सवारीसाधनमर्मत मर्मतसम्भार गर्न नसक्नु, इन्जिन खराब हुनु, एयर फिल्टर बन्द हुनु, इग्निसन कोइल, स्पार्क प्लग, विद्युतीय सर्किट र इएफआई प्रणाली जस्ता भागमा समस्या हुनु, हावा र इन्धनको असन्तुलित अनुपात, इजिआर भल्भ कमजोर, कम गुणस्तरको इन्धन र लुब्रिकेन्ट प्रयोग र टर्बोचार्जर र सुपरचार्जरको समस्या सवारीसाधनको उत्सर्जन बढ्नुका मुख्य कारण रहेको बताइएको छ ।
नियमितरूपमा सवारीसाधनको अवस्था परीक्षण गर्ने, सवारीसाधन नियमित सर्भिसिङ गर्ने र वातावरणीय स्वच्छतामा ध्यान दिने हो भने वायु प्रदूषण धेरै हदसम्म न्यूनीकरण गर्न सकिने नगरपालिकाले जनाएको छ ।
सो अवसरमा चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, ‘सवारी उत्सर्जन वायु प्रदूषणको एक मुख्य कारणमध्ये एक हो र यस प्रकारको परीक्षण चन्द्रागिरिमा एकदमै आवश्यक थियो । यो परीक्षणले काठमाडौंको वायु प्रदूषण घटाउन ठूलो मद्दत गर्नेछ भन्नेमा म विश्वस्त छु र हामी भविष्यमा पनि यस्तै कार्यक्रम आयोजना गर्न तत्पर छौँ । उपप्रमुख वसन्ती श्रेष्ठले भन्नुभयो, ‘यो अवधारणा देशका सबै नगरपालिकामा सुरु गर्न आवश्यक छ, तबमात्र वातावरण स्वच्छ हुन्छ ।’ युएसएडी स्वच्छ हावा परियोजना प्रमुख भूषण तुलाधरले भन्नुभयो, ‘युएसएआइडी स्वच्छ हावा परियोजनाअन्तर्गत वायु प्रदूषणविरुद्ध लड्न र दिगो शहरी जीवन प्रवद्र्धन गर्ने प्रयासमा नेपाललाई सहयोग गर्न प्रतिबद्ध छ । यो निःशुल्क सवारीसाधन उत्सर्जन परीक्षण कार्यक्रम चन्द्रागिरि नगरपालिकाका बासिन्दाका लागि स्वच्छ हावा र स्वस्थ वातावरणका लागि निकै महत्वपूर्णछ । हामी सबै सवारीसाधन धनीलाई यस अवसरको फाइदा उठाउँदै सवारीसाधन पर्यावरणमैत्री र उत्सर्जन मापदण्डअनुरूप छन् भनी सुनिश्चित गर्न प्रोत्साहन गर्छौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच