तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुबीच समन्वय जरुरी : मुख्यसचिव अर्याल

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुकाबीच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको ‘तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति उच्चस्तरीय सुझाव सङ्कलन गोष्ठि’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तथ्याङ्कीय कार्यमा संघ, प्रदेश र स्थानीय सरकारका बिचमा समन्वय हुन नसकेको बताउनु भयो । उहाँले तथ्याङ्क निकाल्दा शुद्ध रुपमा निकाल्नुपर्ने भन्दै तथ्याङ्क प्रमाणिकरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको तथ्याङ्क र स्थानीय तहले निकालेको तथ्याङ्क आपसमा नमिलेको भन्दै यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘संघीय, प्रादेशिक तथा स्थानीय तथ्याङ्क प्रणाली सुदृढीकरणका लागि आवश्यक पूर्वाधार तयार गर्ने भन्ने । हामीले के गर्‍यौँ त भन्दाखेरी त्यो तथ्याङ्क प्रणाली सुदृढ गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्ने त्यो एउटा पाटो त हो । तर हामीले तीन तहको जुन तथ्याङ्कहरु छन्, त्यसको शुद्धता परिक्षणको कुराहरुलाई शुद्धता र प्रमाणिकरणको कुराचाहीँ मुख्य हो कि अब । अर्को, तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुका बिच प्रभावकारी समन्वय प्रणाली विकास गर्ने । तथ्याङ्को प्रतिवेदन प्रकाशित भएको एक महिनापछि स्थानीय तहहरुले निकालेको प्रोफाइलमा डाटा फरक छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’

ADVERTISEMENT

त्यस्तै, कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आगामी दिनमा दिगो विकास लक्ष्यसँग सम्बन्धित तथ्याङ्को उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले दशौँ वर्ष अघिको तथ्याङ्क प्रयोग गरिने गरेको भन्दै तथ्याङ्कलाई वैज्ञानिक र अनुमानयोग्य पनि बनाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले प्रयोग नहुने खालको तथ्याङ्क निकालिरहनु आवश्यक नभएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?