काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन कास्कीको पोखरा-८, पृथ्वीचोकस्थित दीर्घायु पोखरा अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका ग्राहकले अस्पतालका विभिन्न सेवाहरू अपरेसन, प्रयोगशाला, एक्स-रे, औषधिलगायतमा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
साथै बैंकले डिजिटल कारोबार प्रोत्साहित गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा