
काठमाडौं । आर्थिक समृद्धिका लागि कृषिलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा अभियन्ताहरूले जोड दिएका छन् । जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले काठमाडौंमा आयोजना गरेको कृषि पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो जोड दिएका हुन् ।
जनता एग्रो एण्ड फरेस्ट्रीका अध्यक्ष पवनकुमार गोल्यानले पछिल्लो समय साना किसानलाई प्रोत्साहित गर्न र किसानको उत्पादनको बिक्रीवितरणमा सहजीकरणमा जनता एग्रोले काम गर्दै आएको बताउनुभयो । स्थानीय तह र कृषि सहकारीले किसानका उपजलाई प्रोत्साहन गरेर बजारीकरणमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । प्रांगारिक खेती गर्ने साना किसानलाई सहज वातावरण सिर्जना नगरेसम्म कृषि क्षेत्रले फड्को मार्न नसक्ने गोल्यानको भनाइ थियो ।
वैदेशिक रोजगारीबाट फर्किएका वा वैदेशिक रोजगारीमा जान नचाहेका युवालाई उन्नत तथा व्यावसायिक कृषिमा आकर्षित गर्ने अहिले उपयुक्त समय भएको उहाँले बताउनुभयो । गोल्यानले भन्नुभयो, ‘वैदेशिक रोजगारमा रही कृषि क्षेत्रमा अनुभव हासिल गरेका नेपाली कामदारको तथ्यांक संकलन गरी उनीहरूबाट प्राप्त पुँजी, ज्ञान र सीपको उचित उपयोग गर्दै देशले फाइदा लिन सक्नुपर्छ ।’ जनता एग्रो एण्ड फरेस्ट्रीका निर्देशक पारितोष पौडेलले नेपालमा भएका अथाह सम्भावनालाई सम्भवमा बदल्ने अठोटसाथ जनता एग्रो एण्ड फरेस्ट्री जन्मिएको बताउनुभयो । मुलुकको आयात र रेमिट्यान्स प्रतिस्थापन गर्ने एकमात्र विकल्प कृषि भन्दै कम्पनीले कृषि उत्पादन निर्यातमा विशेष कार्य गर्दै आएको बताउनुभयो ।
पौडेलले भन्नुभयो, ‘कृषिमा आत्मनिर्भर भयो भने हाम्रो राष्ट्र सम्पन्न हुन समय लाग्दैन । त्यसकारण हामीले किसानले उत्पादन गरेका वस्तु र हामीले उत्पादन गरेका वस्तु निर्यात गर्न कम्पनीको स्थापना गरेका हौँ ।’ जनता एग्रो एण्ड फरेस्ट्रीका अर्का निर्देशक प्रेम लामाले पछिल्लो समय नेपालमा अर्गानिक कृषि उपजमा जनता एग्रोमात्र रहेको दाबी गर्दै हरेक नेपालीको भान्सामा विषादीरहित कृषि उपज पुगोस् भन्ने हेतुले नै अर्गानिक कृषि यात्रा सुरु गरेर नेपाललाई स्वस्थ बनाउन लागिपरेको बताउनुभयो ।
साथै कम्पनीले कम्पनीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा कृषि क्षेत्रमा समेटिनुपर्ने सुझावसमेत प्रस्तुत गरेको छ । कम्पनीले स्थानीय किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म नपुग्ने र भने जस्तो आम्दानी नहुने हुनाले सो समस्या समाधानका लागि कृषि उपज भण्डारण तथा प्रशोधन गर्ने व्यवस्था मिलाउनुपर्ने, करार खेतीमा विदेशी लगानी भित्र्याउँदा स्थानीय कृषकको उत्पादनले बजार पाउने सम्भावना बढेर जाने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने, बाँझो कृषियोग्य जमिन धेरै भएकाले त्यस्ता जग्गा स्थानीय तहले मनासिब रकममा भाडामा प्राप्त गरी सो रकम पुनः किसान तथा कृषिमूलक उद्योगसँग करार गरी कृषि प्रयोजनका लागि भाडामा दिने प्रणालीको व्यवस्था गरिनुपर्नेलगायतका सुझाव रहेका छन् ।
गोल्यान अध्यक्ष र भोजबहादुर शाह प्रबन्ध निर्देशक रहेको कम्पनीको सञ्चालक समितिमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, साबिक एनसिसी बैंकका पूर्वअध्यक्ष उपेन्द्रकेशरी न्यौपाने, उत्प्रेरक नरबहादुर कार्कीसमेत जोडिएका छन् । दुई अर्ब पुँजी प्रस्ताव गरेको कम्पनीमा प्रवद्र्धकले हालसम्म ८५ करोड लगानी गरेको, ६५ करोडको प्रवद्र्धक सेयर बिक्री भइरहेको र ५० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव गरिएको अध्यक्ष गोल्यानले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच