
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा दुई हजार छ सय ३५ उद्योग, व्यवसाय सञ्चालनमा रहेका छन् । बर्दघाट नगरपालिकाको तथ्यांकअनुसार दुई हजार एक उद्योग व्यवसाय पाँच लाखसम्म पुँजी भएका व्यवसाय नगरपालिकामा रहेका हुन् । आर्थिक वर्ष २०७९/०८० मा वाणिज्य तथा उद्योगतर्फ पाँच सय ५६ व्यवसाय दर्ता भएको बर्दघाट नगरपालिकाका उद्योग शाखा प्रमुख पशुपति गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको चैतसम्म बर्दघाट नगरमा ७८ उद्योग तथा वाणिज्यतर्फ व्यवसाय दर्ता भएका छन् ।
होटल नौ, कृषि १०, ब्युटीपार्लर सात, सिलाइकटाइ चार, मर्मत तीन, मासु, डेरी र फलफूल, कन्सल्टेन्सी तीन/तीन, किराना पसल १७, कस्मेटिक्स पसल र फेन्सी छ/छ, मदिरा, इलेक्ट्रोनिक सामान र सर्जिकल सामान पसल एक/एक वटा दर्ता भएका बर्दघाट नगरपालिकामा कार्यरत मालती लम्सालले जानकारी दिनुभयो । त्यस्तै पाँच लाख पँुँजीसम्मका चालु आर्थिक वर्षको वैशाखसम्म एक सय ९२ व्यवसाय नवीकरण भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच