सुकेधारामा पुरुषको शव फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौंको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ ।

काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भई हाल काठमाडौं-७ चावहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

ADVERTISEMENT

प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?