
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी अर्थतन्त्रको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ एवं चेम्बरका पदाधिकारी टोलीले बालकोटस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गरेको हो ।
चेम्बरले अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गर्नुपर्ने विषयबारे ध्यानाकर्षण गराएको छ । अध्यक्ष अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्मको गिरावट आएको भन्दै शिथिल अर्थतन्त्र ट्र्याकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरणमा जोड दिनुभयो । वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत् अर्थतन्त्र चलायमान एवं निजी क्षेत्रको मनोबल उकास्नुपर्ने बेला उहाँको भनाइ थियो ।
विगतमा लिएका संकुचित नीतिका कारण अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको, व्यापार असहजीकरण, सेयर बजार संकुचन, घरजग्गा कारोबारमा सुस्ततालगायतका कारण आर्थिक गतिविधि खुम्चिएको भन्दै अग्रवालले सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउनुपर्ने बताउनुभयो । साथै उहाँले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि अबिलम्ब पहल गर्न पनि अध्यक्ष ओलीको ध्यानाकर्षण गराउनुभयो ।
विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने, करका कारण विवादित मुद्दा यथाशीघ्र समाधान गर्न कर व्यवस्थापन आयोग गठन गर्नुपर्ने पनि चेम्बरका सुझाव रहेका छन् । एमाले अध्यक्ष ओलीले राष्ट्रिय हित सर्वोपरी ठानेर सरकारले नीति तथा कार्यक्र ल्याउने भन्दै निजी क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिनुभएको चेम्बरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच