मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी छ : मन्त्री साह

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ । उहाँले आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी रहेको बताउनु भयो ।

उहाँले देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाव मिलाउनुहुने लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको पनि बताउनु भयो । उहाँले लेखा परीक्षकहरुको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको जिकिर गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘हाम्रो देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाव मिलाउनुहुने लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ । तपाईंहरुको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको छ । आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी छ । यसबाट बनेको सम्बन्धहरुमा सुदृढ र नविन सम्बन्ध झनै राम्रो वातावरण तयार हुने गरेको छ ।’

मन्त्री ज्वालाले कुनैपनि देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसावको खर्चको प्रणालीको पारदर्शीता रहेको बताउनु भयो । देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसबाटै हुने बताउनु भयो । विकास निर्माणको नाममा हुने ठूलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?