
काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणमा जुटेसँगै नेपाल राष्ट्र बैंक पनि मौद्रिक नीति निर्माणको तयारीमा जुटेको छ । जसका लागि केन्द्रीय बैंकले मौद्रिक नीति सल्लाहकार समिति गठन गरेको छ । डेपुटी गभर्नर डा. निलम ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा राष्ट्र बैंकबाट तीन सदस्य रहेका छन् भने दुईजना बाहृय सदस्य छन् ।
समितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र अनुसन्धान विभागकै निर्देशक सत्येन्द्र सुवेदीका साथै बाहृय विज्ञमा डा. मणिकलाल श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख सदस्य रहेका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा भएको व्यवस्थाअनुसार समिति गठन गरिएको हो । समीक्षामा मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाहृय विज्ञ सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने उल्लेख थियो ।
समिति दीर्घकालीन समिति भए पनि निर्णायक समिति भने होइन । किनभने समितिले सुझाव र सल्लाहमात्रै दिनेछ । अमेरिका, भारतलगायत विश्वका धेरै मुलुकमा समितिको निर्णायक भूमिका रहने व्यवस्था रहे पनि नेपालमा भने त्यस्तो नीतिगत व्यवस्था नरहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच