
काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ करिब २५ हजारले अवलोकन गरेका छन् । वैशाख १२ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको एक्स्पो ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिए पनि लक्ष्यभन्दा आधाले मात्रै अवलोकन गरेका हुन् । आयोजकले समापन समारोहमा एक्स्पोमा विभिन्न प्रतिस्पर्धामा सहभागी उत्कृष्टलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेको छ ।
ऊर्जासँग सम्बन्धित छोटो भिडियो प्रतिस्पर्धामा निर्भिक भण्डारी, आयुष भट्टराई र शशीशेखर थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो भने हाइड्रो प्रोडक्ट एण्ड सर्भिसतर्फ काठमाडौं विश्वविद्यालयका विद्यार्थीको तीन समूहले उत्कृष्ट स्थान हासिल गरे । टिम ऊर्जा, ‘रुरल कम्युनिटी हिट ग्रिड सिस्टम’ र ‘प्याक्ट बेड इनर्जी स्टोरेज सिस्टम’ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
दुवै प्रतिस्पर्धामा पहिलो हुनेलाई नगद ४४ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो र तेस्रोलाई क्रमशः नगद २२ हजार तथा ११ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट सोलुसन नेपालले संयुक्तरूपमा आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा विभिन्न शीर्षकमा सात प्राविधिक सत्र सञ्चालन भएका थिए । एक्स्पोमा १२ देशसहित एक सयभन्दा बढी स्टल राखिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच