ट्रयाक खुलेको दुई दशकपछि सडक कालोपत्र हुँदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । २०६० सालमा ट्रयाक खोलिएको बागलुङको गलुवा-भकुण्डे सडक अब कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुँन थालेपछि स्थानीय हर्षीत भएका छन् । पर्यटकीय गाउँका रुपमा रहेको भकुण्डे पुग्ने सडक स्तरोन्नती नहुँदा पर्यटकहरुलाईसमेत त्यहाँ पुर्‍याउन सास्ती हुँदै आएकोमा बागलुङ नगरपालिका र संघीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न थालिएको छ ।

गलुवा-काउले-देउराली सडक अन्तर्गत रहेको ६ किमि सडक मध्ये पहिलो चरणमा तीन किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो । बागलुङ नगरपालिकाको रु. ५ करोड र संघीय सरकारको रु. ५ करोड गरी रु. १० करोड लागतको सडक ठेक्का सम्झौता गरेर कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेको छ । भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएको गाउँमा पर्दछ । तर सडक स्तरोन्नती नहुँदा पर्यटकलाई भने सास्ती हुँदै आएकोमा अहिले उक्त सडक कालोपत्रको तयारीमा पुगेको छ ।

“२० वर्ष अघि स्थानीयले चन्दा उठाएर सडक खनेका हौं, पहिला तित्याङबाट सडक खनिएको थियो, छोटो सडकका लागि गलुवाबाट भकुण्डेका लागि खोलिएको ट्रायाक २० वर्षपछि कालोपत्र हुँन थालेको छ” स्थानीय नर बहादुर थापाले भन्नुभयो “जनताले श्रमदान र चन्दा दिएर खनेको सडकमा बागलुङ नगरपालिका र संघीय सरकारको समपुरक बजेटले थोरै भएपनि कालोपत्र गर्न थालिएको छ, हामी स्थानीय अहिले खुसी छौं ।”

बागलुङ नगरपालिका-१० भकुण्डेका वडा अध्यक्ष तिल बहादुर थापाले भकुण्डे पुग्ने ६ किमि सडक कालोपत्रको योजना रहेकोमा पहिलो चरणमा तीन किमि सडक कालोपत्रका लागि पूर्वाधार निर्माण गरिसकेको जानकारी दिनुभयो । उहाँले समयमै काम सक्न बजेट अभाव भएको बताउदै जतिसक्दो छिट्टै कालोपत्र गर्ने तयारीमा पूर्वाधार निर्माणको काम सकिएको बताउनुभयो ।

ADVERTISEMENT

हाल सडक चौडा बनाउने, नाली निर्माण गर्ने, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबीन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम सकिएको थापाले बताउनुभयो । रु. १० करोड लागत अनुमान गरिएको सडक रु. ७ करोड २९ लाखमा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबी संग दुई वर्षमा काम सक्ने गरी २०८० जेठ १९ गते सम्झौता भएको थियो ।

सडक कालोपत्रका लागि आवश्यक पूर्वाधारको काम अन्तिम चरणमा पुगिसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले जानकारी दिनुभयो । सम्झौता भएको ९ महिनामै सडकको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेपनी संघ सरकारबाट चालु आर्थिक वर्षमा थप बजेट नआउदा कालोपत्रमा केही ढिलाई हुने बताउनुभयो । २०८२ जेठ १९ गते सक्नुपर्ने कालोपत्रको काम त्यस अगावै सक्ने तयारीमा निर्माण व्यवसायी रहेपनि बजेट अभावले आगमी आर्थिक वर्ष सम्म कालोपत्रको काम सकिएर नगरपालिकालाई उक्त सडक हस्तान्तरण भइसक्ने छ ।

“कामको गति निकै तिब्र, थियो १० महिनामा सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार, सडकको मापदण्ड अनुसार कटिङ, ग्याबिन, मेशिनरी पर्खाल, नाली तथा घुम्ती सडक ढलान भइसकेको छ” इन्जिनिएर घर्तीले भन्नुभयो “बहुवर्षीय ठेक्का भएका कारण आगमी वर्ष सम्म ठेक्का धकेलिएको हो, उक्त सडक कालोपत्र सकिए लगत्तै थप ३ किमिका लागि ठेक्का खोल्ने नगरपालिकाको योजना हो ।”

नगरपालिकाको ठूलो लगानीमा पञ्चकोट पुग्ने सडक समेत कालोपत्र गर्न ठेक्कामा गएको इन्जिनियर घर्तीको भनाई छ । पञ्चकोटबाबा परिकर्मा सडक ६ नम्बर वडा कार्यालय देखि पञ्चकोट पुग्ने सडक कालोपत्र गर्न संघीय सरकार र बागलुङ नगरपालिकाको समपूरक योजनामा सकड कालोपत्रका लागि रु.१० करोड लागत मुल्याङ्कन गरेर स्विकृतिका लागि पठाइएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?