
काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको चार दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।
सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्न नसकिने र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग दोहोर्याए पछि आजको बैठक निष्कर्षविहीन भएको हो ।
बैठकपछि एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको संसदीय छानबिनको मागमा आफूहरू सहमत हुन नसकेको बताउनु भयो ।
यस्तै बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले अहिलेसम्म संसद अवरोध नगरेर सदासहायतापूर्वक माग राखेको भएपनि सरकार गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भइरहेको टिप्पणी गर्नुभयो ।
गृहमन्त्रीमाथिको छानबिनको मागबाट आफूहरू पछि नहट्ने उहाँले बताउनु भयो ।
अबका संसदीय कारबाही अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने लेखकले चेतावनीसमेत दिनुभयो । कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।
कांग्रेसको मागका बारेमा छलफल गर्न सभामुख घिमिरेले कांग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु छलफलमा बोलाउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच